Logo
२६ बैशाख २०८१, बुधबार
(November 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामीले पटका पड्काउँदा आँखामा चोट लागे के गर्ने?जान्नुहोस् यी ८ सावधानी!

समस्त नेपालीहरुको दास्रो महान चाड दिपावली आइरहेको छ । दिपावलीमा मुख्य गरेर दियो बाल्ने अनि पटक पट्काउने कार्य गर्छन् साना केटाकेटीहरुले साथै यो चाडमा देउसीभैलो पनि खेलेर रमाइलो गर्ने गर्छन् ।

तिहारमा मिठोमिठो खाना खाने, नाचगान गरेर रमाइलो गर्ने र बत्ति बालेर झिलिमिली पार्ने गरिन्छ।यसबर्षको पनि तिवार शुक्रबार २८ गतेबाट शुरु हुदैँ छ ।

तर यसबर्ष कोरोना महामारीको कारण त्यति चहलपल छैन अनि सरकारले देउसीभैलो नखेल्न आग्रह गरिसकेको अवस्था छ । त्यसकारण पनि यो बर्षको चाड खासै रमाइलो नहुने पक्कै अनुमान गर्न सकिन्छ ।

किन भने नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढीरहेको छ त्यसमध्येमानी काठमाडौं कोरोनाको केन्द्रविन्दु भएको छ त्यसैले हामी कोरोनाबाट बच्ने उपया अपनाउनु जरुरी छ र स्वास्थ्यका सरकारले तोकेका मापदण्डको पालना हामीले गर्न पर्छ ।

कोरोना माहामीको विचमा पनि हामी जहाँ छौ त्यही सुरक्षित भएर चाडवाड मनाउँ भन्न चाहन्छौ । दिपावलीमा प्राय केटाकेटीले तिहारको बेलामा कसै-कसैले पटका, रकेट, भुईंचम्पा, आलुबम, झिरझिरे, अनार जस्ता आतिसबाजी गर्ने गर्छन् जुन एकदमै खतरनाक हुनसक्छ।

किनकी, यसको प्रयोगले आँखामा चोट लाग्ने अधिक सम्भावना हुन्छ। समयमा उपचार नभए स-सानो चोटले पनि ज्योति गुम्न सक्छ।

पटका प्रयोग गर्ने मान्छेलाई मात्र नभई हेर्ने वा बाटोमा हिँड्ने मान्छेलाई पनि चोट लाग्न सक्छ। त्यसैले आज हामी तपाईलाई पटका पड्काउँदा चोट लागेमा के गर्ने भन्ने बारे जानकारी दिन गइरहेका छौ ।

पटका पड्काउँदा चोट लागेमा के गर्ने?

-टाउको सक्दो चलाउनु हुँदैन।

– आँखा नमिच्नुहोस।

– आँखामा आफैं कुनै पनि ‍औषधि नराख्नूस्।

– तुरुन्तै विशेषज्ञकहाँ वा आँखा अस्पताल जानुहोस।

– आफैंले आँखामा गएको पदार्थ हटाउन प्रयास नगर्नूस्।

– कुनै प्रकारको दबाउने काम नगर्नूस्।

-आत्तिनु पर्दैन भनेर सहानुभूति दिनूस्।

– सफा कपडाले छोप्नु तर दबाउने काम नगर्नूस्।

प्रकाशित मिति: Nov 11, 2020

प्रतिक्रिया दिनुहोस्