Logo
१५ बैशाख २०८१, शनिबार
(November 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री कंगना रनौतले बाइडेनलाई ‘गजनी’सँग तुलना, ह्‍यारिसलाई गरिन् समर्थन

बलिउड अभिनेत्री कंगना रनौत विवादकी रानी भन्दा सायद फरक नर्पला । उनले सामाजिक सञ्जालमा धेरै विवादास्मक अभिव्यक्ति दिने गर्छीन ।

अहिले बर्तमानसमयमा अमेरिकामा सार्वजनिक भएको राष्ट्रपति चुनावको नतिजाबारे पनि कंगनाले आफ्नो विचार पोखेकी छिन् । जसमा कंगनाले बाइडेनलाई गजनीसँग तुलना गरेकी छन्  ।

अभिनेत्री कंगना रनौत सामाजिक सन्जाल ट्‌विटरमा आबद्ध भएसँगै निकै सक्रिय छिन् । हरेक समसामयिक विषयमा आफ्नो विचार निर्धक्क राख्‍ने गर्छिन् ।

कंगनाले कमला ह्‌यारिसको ट्‌विटलाई रि-ट्‌विट गर्दै समर्थन र जो बाइडेनलाई ‘गजनी’ सँग तुलना गरेकी छन् । “हरेक ५ मिनेटमा उनमा भएको डाटा क्यास हुने ‘गजनी’ र बाइडेनमा कुनै भरोसा छैन । उनीमाथि सबैले हालिदिएको औषधिको असर एक वर्षभन्दा माथिसम्म असर देखाउने छैन । स्पष्ट छ कि त्यसपछि ह्‌यारिसले नै हो सबै जिम्मेवारी वहन गर्ने । जब एक महिलाले माथि आउँछ तब उसले सबै महिलालाई बाटो देखाउछ । यो ऐतिहासिक पलको लागि सबैलाई बधाई,” उनले लेखेकी छन्।

प्रकाशित मिति: Nov 9, 2020

प्रतिक्रिया दिनुहोस्