Logo
२७ बैशाख २०८१, बिहीबार
(November 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’ नोभेम्बर ९ बाट रिलिज हुँदै

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’ दिवालीलाई लक्षित गर्दै भोली सोमबार (नोभेम्बर ९) बाट रिलिज हुँदैछ।
चलचित्रमा अक्षय ट्रान्सजेन्जरको भूमिकामा देखिनेछन्।

यसै सन्दर्भमा उनले ट्रान्सजेन्डरलाई सम्मान र प्रेम गर्न सबैसँग आग्रह गरेका छन्। अक्षयले एक भिडियो जारी गर्दै यस्तो आग्रह गरेका हुन्।

‘अहिलेसम्म जे भयो, त्यो हाम्रौ गल्ती हो। आफ्नो दृष्टिकोण बदल्ने पालो अब हाम्रो हो। अरुलाई खुसी पार्न उनीहरु सबै दुःख सहन्छन्, अब उनीहरुलाई खुसी बनाउने पालो हाम्रो हो। उनीहरु सधैँ हाम्रो खुसीको लागि नाचे, अब यिनीहरुको खुसीका लागि नाच्ने पालो हाम्रो हो। यिनीहरुले सानैदेखि विभेदको बोझ बोके, अब उनीहरुलाई अधिकार दिलाउने पालो हाम्रो हो,’ अक्षयले भिडियोमा भनेका छन्।

अक्षय अगाडि भन्छन्, ‘आउनुहोस् लिङ्गको आधारमा गरिने रुढिवादी सोच तोडौँ र रातो टिकाको साथमा तेस्रो लिङ्गीलाई समर्थन गरौँ, समान प्रेम र सम्मानको पक्षमा उभिउँ।’

चलचित्र ‘लक्ष्मी’मा अक्षयका साथै अभिनेत्री कियारा आडवाणीको मुख्य भूमिका छ। चलचित्रको निर्देशन राघव लरेन्सले गरेका हुन्।एजेन्सी

प्रकाशित मिति: Nov 8, 2020

प्रतिक्रिया दिनुहोस्