Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिषेकले नेपोटिजमबारे भने ‘मानिसहरुले फिल्म क्षेत्र व्यवसाय हो भनेर बुझ्नु आवश्यक छ’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको पनि लामो समय भइसकेको छ तर पनि अझै पनि यो घटना सेलाएको छैन । अझै अनुसन्धान जारी राखेको छ ।

उनको मृत्यु प्रश्चात बलिउडमा नेपोटिजमको विषय उठिरहेको छ । नेपोटिजमको विषयमा धरै कलाकारले आफ्नो धारणा राखेपनि अभिनेता अभिषेक बच्चन अहिलेसम्म आफ्नो धारणा राखेका थिएनन् तर तर, आज उनले पनि मुख खोलेका छन् ।

अभिषेकले भने, ‘मानिसहरुले फिल्म क्षेत्र व्यवसाय हो भनेर बुझ्नु आवश्यक छ । पहिलो फिल्ममा नै केहि नदेखेमा फिल्म चल्दैन वा अर्को काम मिल्दैन । यो जीवनको तितो सत्य हो ।’

अभिषेकले आफ्नो भविष्य दर्शकमा निर्भर रहेको बताएका छन् ।यसक्रममा केही मानिसहरुले ठुला स्टारकिड्सलाई निशाना बनाएका थिए ।

नेपोटिजमको प्रसंगमा अभिषेक पिता अमिताभ बच्चनले उनका लागि कहिल्यै कसैसँग कुरा नगरेको बताए । उनका अनुसार पिता अमिताभले अभिषेकको लागि फिल्म बनाएनन् ।

तर, अभिषेकले भने पिता अमिताभको लागि ‘पा’ नामको एक फिल्म निर्माण गरेका थिए । ड्रिम रोलबारेमा शाहरुख खानले धेरै अगाडी दिएको सल्लाह सम्झदै अभिषेकले भने, ‘फेवरेट रोल त्यो हुनुपर्छ, जुन प्रोजेक्ट समयमा नै पुरा गर्छौ, किनकी यति गर्न सकिदैन भने किन जिम्मा लिने ।’

अभिषेक बच्चनले सन् २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा प्रवेश गरेका थिए । उनले उद्योगमा काम गरेको २० वर्ष पुरा भएको छ ।

अब उनी चाडैनै अनुराग बसुको फिल्म ‘लुडो’ मा देखिदैछन् । यस फिल्ममा उनले एक अपराधीको भुमिका निभाउने छन् ।

प्रकाशित मिति: Nov 6, 2020

प्रतिक्रिया दिनुहोस्