Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिन्दुवादी संगठनको विरोधपछि अक्षय कुमारको फिल्मको नाम राखियो ‘लक्ष्मी’

हिन्दुवादीको विरोधपछि अक्षय कुमारको फिल्मको नाम ‘लक्ष्मी’ राख्ने निर्णय भएको छ ।

ओटीटी प्लेटफर्म डिज्नी आटस्टारमा रिलीज हुने यो फिल्मको ट्रेलरलाई हिन्दुवादी संगठनले फिल्मको नाम प्रति आपत्ती जनाएका थिए ।

यसैगरी सेनाले पनि फिल्म निर्मातामाथि हिन्दु देवी-देवताहरुको अपामान गरेको आरोप लगाएको थियो ।सबैको भावनालाई ध्यानमा राख्दै फिल्म निर्माण पक्षले फिल्मको नाम नै ‘लक्ष्मी’ राख्ने निर्णय गरेको हो ।

बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा आडवाणीको आउँदै गरेको बहुप्रतिक्षित फिल्म ‘लक्ष्मी बाम्म’ नामकै कारण लगातार रुपमा विवादमा परेको थियो ।

जसको कारण फिल्मको नाम नै परिर्वतन भएको छ, ‘लक्ष्मी’ । हाल फिल्म निर्माण पक्षले नै नयाँ नामको साथमा नयाँ पोस्टर पनि रिलीज गरेका छन् । पोस्टरमा अक्षय कुमार र कियारा आडवाणी देखिएका छन् ।

अक्षयले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हरेक घरमा लक्ष्मी आउने छिन् । घरपरिवारको साथमा हेर्नलाई तयार हुनुहोस् यो फिल्म ९ नोभेम्बर तिहारमा आउदैछ ।’

यो फिल्म तमिल हिट फिल्म ‘कंचना’ को हिन्दी रीमेक हो । मुल फिल्ममा निर्देशन गरेका राघव लरेन्सले ‘लक्ष्मी’ को निर्देशन गरेका छन् ।

यो फिल्म अमेरिका, युके र क्यानाडामा एकैसाथ ९ नोभेम्बरमा ओटीटी प्लेटफर्ममा प्रीमियर हुँदैछ ।

 

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्