Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजाजका बाइकको मूल्य वृद्धि, जान्नुहोस् कुनको मूल्य कति?

नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले हिजो शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

नेपाली बजारमा उपलब्ध बजाजका अधिकांश बाइकको मूल्य वृद्धि भएको छ । बजाज डोमिनार सहित हाल धेरै बाइक नेपालमै एसेम्बल हुने गरेका छन् ।

भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा नेपालमा पनि बजाज बाइकको मूल्य बढेको कम्पनी स्रोतले बताएको छ ।

बजाजका अधिकांश बाइक नेपालमै एसेम्बल हुने गरेका छन् ।  नेपाली बजारमा हाल उपलब्ध बजाजका बाइक मध्ये पल्सर १२५ डिस्क वाहेक अन्य सबै बाइकको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

यस अनुसार सबैभन्दा धेरै मूल्य बजाज डोमिनारको बढेको छ । गत माघ महिनामा डोमिनार समेत नेपालमै बन्ने भए पछि पहिले भन्दा ७० हजार कम मूल्य सहित यसलाई ५ लाख २९ हजार ९ सय रुपैयाँमा बिक्री प्रारम्भ गरिएको थियो ।

त्यसपछि गत साउन अन्तिम सातामा यसको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि गरेर ५ लाख ३४ हजार ९ सय रुपैयाँ पुर्‍याइएको थियो ।

हाल यसको मूल्य एकै पटक १५ हजार रुपैयाँले वृद्धि गरेर ५ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ । नेपाल अटोले समाचार लेखेको छ

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्