Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इतिहासमा आज : नरेन्द्र मोदीको जन्मदिन, विश्वभरबाट शुभकामनाको ओहिरो

प्रधानमन्त्री नरेंद्र मोदी आज ७० वर्ष पुगिसकेका छन्। आज जन्मदिनको दिनमा उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । यी ७० बर्षमा प्रधानमन्त्री मोदीले आफ्नो जीवनमा धेरै उतार-चढाव देखेका र भोगेका छन।

उनको जीवन यात्राको उपलब्धिहरु पनि यस्तै विवादास्पद छन्। तर विवादहरु पनि धेरै मोर्चामा प्रधानमन्त्री नरेन्द्र मोदीको उपलब्धिहरुमा एक महत्वपूर्ण भूमिका रहेको छ ।

उत्तर-भारतको हिन्दी भाषी राज्यहरूमा गुजराती व्यक्तिको लोकप्रियता होला भनेर कसैले कल्पना पनि गरेक थिएन होला।

सन् १९५० को सेप्टेम्बर १७ भारतका प्रधानमन्त्री तथा सत्तारुढ भाजपा नेता नरेन्द्र मोदीको जन्म भएको थियो । उनी सन् २०१४ देखि निरन्तर भारतको प्रधानमन्त्री छन् ।

आधुनिक भारतको इतिहासका शक्तिशाली व्यक्तिमध्ये मोदी एक मानिन्छन् ।प्रधानमन्त्री बन्नुअघि मोदी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री थिए । उनी दुईपटक भारतमा बहुमतसहित सत्ता सञ्चालन गर्ने कांग्रेस आई इतरका एक्लो नेता हुन् ।

भादनगरमा गुजराती परिवारमा जन्मिएका मोदी बाल्यकालमा चिया बेच्थे । तर पनि यसमा विवाद रहेको छ ।

बाल्यकालमै यशोदावेन चिमनलालसँग उनको विवाह भयो, तर उनी उच्च शिक्षा सकिएपछि घर छाडेर हिँडे । उनी आठ वर्षको उमेरमै  हिन्दुवादी संगठन राष्ट्रिय स्वयम्सेवक संघमा आबद्ध भएका थिए ।

सन् १९७१ देखि उनी आरएसएसको पूर्णकालीन कार्यकता बने ।भारतमा संकटकाल लागेको समय सन् १९७५ मा उनी केही समय भूमिगत पनि भए ।

सन् १९५७- संयुक्त राष्ट्रसंघमा मलेसिया सहभागी । सन् १९७४- बंगलादेश, ग्रेनेडा र गिनी बिसाऊ संयुक्त राष्ट्रसंघमा सहभागी । सन् १९८२-भारत र श्रीलंकाबीच पहिलो क्रिकेट टेस्ट म्याच आयोजना जस्ता घटनाक्रममा जोडिएका थिए

यसक्रममा मोदीले भारतका विभिन्न तिर्थस्थलसहित नेपालको मुक्तिनाथलगायत स्थालको भ्रमण गरे ।

आरएसएसले सन् १९८५ मा उनलाई पार्टीको जिम्मेवारीसहित भाजपामा खटायो, सन् २००१ मा महासचिव हुनअघि उनले विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।

सन् २००१ मा केशुभाई पटेलको स्वास्थ अवस्था खराब थियो, यही समय भुजमा भुइँचालो पनि गयो । जसकारण, उनको लोकप्रियता घटेपछि मोदीलाई गुजरातको मुख्यमन्त्रीका रुपमा नियुक्त गरियो, त्यसको छोटो समयमै उनले विधानसभाको चुनाव पनि जिते ।

सन् २००२ को गुजरात दंगालाई भड्काउन भूमिका खेलेको र व्यवस्थापन गर्न नसकेको आरोप उनको प्रशासनमाथि लाग्ने गरेको छ ।

यस विषयमा मुद्दा पनि परेको थियो । तर, भारतको सर्वोच्च अदालतले नियुक्त गरेको विशेष अनुसन्धान टोलीले मोदी व्यक्तिगत रुपमा दोषी रहेको कुनै प्रमाण फेला पार्न सकेन ।

उनको कार्यकालमा गुजरातमा आर्थिक वृद्धि उत्साहप्रद रह्यो । तर, स्वास्थ, गरिबी र शिक्षक क्षेत्रलाई सुधार्न भने असफल भएको आरोप उनीमाथि लाग्छ ।

सन् २०१४ मा आम निर्वाचनमा भाजपाले बहुमत हासिल गरेपछि मोदी केन्द्रीय सरकारका प्रधानमन्त्री बने । उनले वैदेशिक लगानी भित्र्याउन भूमिका खेलेका छन् ।

तर स्वास्थ र सामाजिक कार्यक्रम खर्च हुने बजेट कटौती गरेका छन् । मोदीले भारतको कर्मचारीतन्त्रमा सुधार ल्याउने प्रयास पनि गरेका छन् ।

सन् २०१९ को आम निर्वाचनमा लगातार दोस्रोपटक भाजपाले बहुमत ल्याएपछि उनी प्रधानमन्त्रीको दोस्रो कार्यकाल चलाइरहेका छन् ।

दोस्रो कार्यकालमा मोदीले चालेका कतिपय कदम विवादास्पद देखिएका छन् । यद्यपि मोदी सरकारले नागरिकता (शोधन) कानून, एनआरसी, बेरोजगारी, अर्थव्यवस्था र चीनसँगको सीमा विवाद  जस्तो, जम्मू कास्मिरलाई विशेष राज्यका रुपमा दिइएको दर्जा खोस्ने निर्णय, लद्दालाई टुक्रयाएर अलग राज्य बनाउने निर्णय, विपक्षी पार्टीका नेता-कार्यकर्ता, उदारवादी र बुद्धिजीविहरुमाथिको धरपकड आदि जस्ता विषयमा आलोचना झेलिरहेको छ।

 

प्रकाशित मिति: Sep 17, 2020

प्रतिक्रिया दिनुहोस्