Logo
१८ बैशाख २०८१, मंगलबार
(September 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाउनुहोस् ! अभिनेत्री मलाइका अरोडाको फिटनेस हुनुको रहस्य

मलाइका अरोडा भारतीय अभिनेत्री हुन् । उनको जुन शारीरिक बनावटबारे बजारमा चर्चा चलिरहेकै हुन्छ । अहिले यतिबेला उनको फिटनेसको चौतर्फि चर्चा भईरहेको छ ।

मानिसहरुको उनले डाइटमा के खान्छिन् भन्ने सर्वाधिक चासोको विषय बनेको छ । मलाइका अरोडा धेरै उमेर भएपनि फिटनेसको कारण सधै चर्चामा भइरहन्छ ।

जसले आफ्नो फिटनेसको पुरा ख्याल राख्छन् उनीहरु मध्ये मलाइका अरोडा पनि एक हुन्, ।

उनले आफ्नो फिटनेसको राज खोलेकी छिन् ।उनले लेखेकी छिन्, उमेर निरन्तर बढ्ने भएको र उमेरलाई रोक्न सकिदैन, तर डाइटबाट उमेरमा परिर्वतन देखाउन सकिन्छ ।

उमेर हुँदै जाँदा शरीरमा भिटामिनको कमी हुन्छ, कमी हुन दिन भएन । सबै भन्दा जरुरी कुरा त मैले घरकै खाना खान्छु ।घिउ मेरो मन पर्ने चीज हो । मेरो खाना जैतुनको तेल वा नरिवलको तेलमा बनेकोे हुन्छ ।

उनले पछिल्लो एक वर्षदेखि विगन (ह्वाइट -दुधबाट बनेको चीज प्रयोग नगर्ने) प्रयोग गर्दे आएको बताएकी छिन् ।

घरमा होस् वा बाहिर लोकल खाना खान चाहान्छु । स्थानियमा शाकाहारी जे उपलब्त्र छ त्यही खान्छु । खानामा म कुनै तनाव लिन्न । सबैले स्थानीय स्तरमा उपलब्ध चीज खानुपर्छ र स्थानियलाई बढावा दिनुपर्छ ।

मलाइका अरोडा सामाजिक सञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् ।उनले फिटनेसको बारेमा निरन्तर सल्लाह दिदै आएकी छिन् ।

यो भन्दा पहिला पनि मलाइकाले आफ्नो सुन्दरताको रहस्य इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।  एजेन्सी

google

प्रकाशित मिति: Sep 1, 2020

प्रतिक्रिया दिनुहोस्