Logo
१८ बैशाख २०८१, मंगलबार
(August 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अफगानिस्तानमा पूर्व अभिनेत्री सबा सहरमाथि गोली प्रहार

अफगानिस्तानकी  पूर्वअभिनेत्री  तथा पहिलो महिला निर्देशक  सबा सहरमाथि गोली प्रहार भएको छ ।

४४ वर्षीया सहरलाई तत्कालै अस्पताल पुर्‍याइएपनि उनको पछिल्लो अवस्थाबारे केही खुल्न नसकेको बीबिसीले जनाएको छ।

सहर राजधानी काबुलमा कारमा कामतिर गइरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको उनका श्रीमान इमाल जाकीले बताएका छन्।

सहर राजधानी काबुलमा काममा गइरहेका बेला एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेको उनका श्रीमान् इमाल जाकीले बताएका छन् ।

उनका दुईजना अंगरक्षक पनि घाइते छन् ।कारमा पाँचजना सवार रहेको र एक बालक तथा चालकलाई कुनै चोट नलागेको जनाइएको छ ।

सहर अफगानिस्तानकी चर्चित अभिनेत्री हुन्। उनले महिला अधिकारका लागि अभियानसमेत चलाइरहेकी छिन्।

प्रकाशित मिति: Aug 26, 2020

प्रतिक्रिया दिनुहोस्