Logo
२२ बैशाख २०८१, शनिबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता विन डिजलको चलचित्र ‘ब्लडसट’ दोस्रोपटक हलमा रिलिज गर्दै

अभिनेता विन डिजलको चलचित्र ‘ब्लडसट’ दोस्रोपटक हलमा रिलिज गर्दै यहि अगस्त २० देखि हलहरू सञ्चालनमा आउन लागेका छन् ।

कोरोना महामारीका कारण लामो समय बन्द रहेका अमेरिकाका हलहरू पुनः सञ्चालनमा आउने तयारीमा हुन् ।

मार्च १३ मा रिलिज भएको सो चलचित्र कोरोनाका कारण स्थगित गर्नु परेको कारण पुनःरिलिज गरी हलहरू खोल्न लागेको अमेरिकाको ठूलो थियटर चेन एएमसीले जानकारी दिएको हो ।

एएमसीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत यसको जानकारी दिँदै लेखेको छ,“ब्लडसट मार्च १३ मा रिलिज भएको थियो । यद्यपि यो चार दिनमात्रै हलमा चल्न पायो । त्यसैले हामीले यसलाई पुनः रिलिज गर्न लागेका हौं ।”

यद्यपि अगस्त २० देखि कतिवटा हलहरू सञ्चालनमा आउँदै छन् भन्‍नेबारे भने स्पष्ट छैन । किनभने अमेरिकाका धेरै राज्यहरू अहिले पनि लकडाउनमै छन् । डेभिड एसएफ विल्सनद्वारा निर्देशित यस सुपर हिरो चलचित्र सोही नामको भ्यालिन्छ कमिक्स किताबमा आधारित छ ।

अभिनेता डिजल चलचित्रमा मरिनको भूमिकामा छन् । जसलाई सुपरपावर फिर्ता ल्यान खोजिरहेको संस्थाले एक हतियारका रुपमा प्रयोग गर्छ र सुपरपावर फर्काउने क्रममा उनको निधन हुन्छ ।

महामारीका कारण हलहरू लामो समय बन्द भएकै कारण थुप्रै हलिउड चलचित्रहरू डिजिटल प्लेटफर्ममा रिलिज भएका थिए । तर प्रायस् ठूला चलचित्रहरू भने हल रिलिजकै प्रतीक्षामा छन् । एजेन्सी

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्