Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिभी सिरीयल खिचडीकी अभिनेत्री ऋचा पनि कोरोना संक्रमित

विश्वलाइनै अहिले कोरोना भाइरसले थलापारिरहेको अवस्थामा अहिले कोरोनाबाट विभिन्न उच्च तहका व्यक्ति तथा मिडियाकर्मी र कलाकार पनि संक्रमित भइरहेका छन् ।

त्यस्तै छिमेकी देश भारतमा पनि कोरोनाको कहर लगातार बढ्दै गएको छ । टेलिभिजन र बलिउड कलाकारमा पनि कोरोना संक्रमित हुने क्रम बढ्दो अवस्थामा देखिन्छ ।

केही टेलिभिजनका कलाकारहरु पनि कोरोनाको सुचीमा नाम जोडिएको छ । टिभी सिरीयल ‘खिचडी’ मा चक्कीको नामले लोकप्रिय कलाकार ऋचा भद्राको पनि कोरोना भाइरस जाँच गर्दा रिर्पोट पोजेटिभ आएको छ ।

उनको कोरोना पोेजेटिभ रिर्पोट आएपछि घरमा क्वारेन्टाइनमा गएकी छिन् । ऋचामा अलिअलि लक्षण देखिएपछि कोरोना जाँच गराउन गएकी थिइन् ।

उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन् ।ऋचाले एक तस्वीर सेयर गर्दै बीएमसीले उनलाई कोरोना पोजेटिभ भएको जानकारी दिएको बताएकी छिन् ।

उनले पछिल्लो समयमा जो जो सम्र्पकमा आए उनीहरु सबैलाई कोरोना जाँच गराउन पनि आग्ह गरेकी छिन् । ऋचाले आफ्ना साथीहरुलाई छिटो निको होस भनी कामना गर्न पनि भनेकी छिन् । यसको साथै सबैलाई सुरक्षित रहन आग्रह गरेकी छिन् ।

 

प्रकाशित मिति: Aug 4, 2020

प्रतिक्रिया दिनुहोस्