Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहार र आसामका बाढी पीडितलाई प्रियंका र निकद्वारा राहात दिने घोषणा

भारतको विहार र आसामका बाढी प्रभावितलाई सहयोग गर्ने बलिउड अभिनेत्री प्रियंका चोपडाको दम्पतीले घोषणा गरेका छन् ।

प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले बिहीबार विहार र आसामका बाढी प्रभावितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

साथै उनीहरुले आफ्ना फ्यानलाई प्रकोप प्रभावित राज्यका बासिन्दालाई सहयोग गर्न आव्हान पनि गरेका छन्।

सोमबार सार्वजनिक एक रिपोर्ट अनुसार आसामको २२ जिल्लाका २२ लाख ३४ हजार मानिसहरु बाढीबाट प्रभावित भएका छन्।

यस्तै १०३ मानिसहरु बाढी सम्बन्धित घटनाहरुबाट प्रभावित भएका छन् २६ जना पहिरोको कारण ज्यान गुमाएका छन् ।

प्रियंका सन् २०१६ देखि २०१९ सम्म आसाम राज्यको सद्भावना दूत थिइन्। प्रियंकाले अगाडि लेखेकी छन्, ‘निक र मैले संयुक्त रुपमा सहयोग गर्ने निर्णय लिएका छौँ ।’

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्