Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी गायिका टेलर स्वीफ्टको आठौँ एल्बम ‘फोल्कलोर’ सार्वजनिक

अमेरिकी गायिका टेलर स्वीफ्टको आठौँ एल्बम ‘फोल्कलोर’ सार्वजनिक भएको छ ।

उनले यसअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मार्फत उक्त एल्बम सार्वजनिक गर्ने घोषणा गरेकी थिइन्।

बिहीबार आफ्नो नयाँ एल्बमबारे जानकारी दिँदै ३० वर्षीया स्वीफ्टले भनेकी थिइन्, ‘आज मध्यरातमा म मेरो नयाँ एल्बम रिलिज गर्नेछु, जसमा मैले मेरा सपना, आशंका अनि संगीत प्रस्तुत गरेकी छु।’

उनले यस एल्बममा भएका गीतहरु आफू आइसोलेसनमा बस्दा सिर्जना गरेको बताइन्। यस एल्बममा १६ वटा गीत रहेका छन्।

आरोन डेसनर, उनको लामो समयका सहयोगी जैक एन्टोनोफ र स्वीफ्ट आफैंले यस एल्बमका गीत बनाएका हुन्।

टेलर स्वीफ्टका अधिकांश गीतहरुमा रिस र बिछोडमा रोमान्स मिसिएको हुन्छ। उनी धेरैजसो समाजबाट टाढा प्रकृतितर्फ वा प्रेमीको अँगालोतर्फ कुदिरहेकी हुन्छिन्।

अहिलेको एल्बममा आफ्नो वेदनालाई समयसँग जोडेकी छन् र सशक्त सिर्जना गरेको छन् भनी बिबिसीले लेखेको छ।

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्