Logo
२ जेष्ठ २०८१, बुधबार
(July 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइ बढी स्यानिटाइजर प्रयोग गर्दै हुनुन्छ ? साबधान ! यस्ता छन् बेफाइदाहरु

अहिले पछिल्लो समयमा स्यानिटाइजर बजारमा एकदमै माग बढेको छ । किन भने कोरोना संक्रमणबाट बच्नको लागि सेनिटाइजर हामी सबैले प्रयोग गदै आइरहेका छौ तर सेनिटाइजरको फाइदा हुदाँहुदैँ पनि सेनिटाइरजको केहि नकरात्मक असर रहेको छ जो हजुरहरुसामु आज चर्चा गर्ने प्रयास गरीरहेका छौ ।

स्यानिटाइजर हातमा हुने किटाणु मार्नको लागि प्रयोग हुने राम्रो औषधी मानीएको छ । स्यानिटाइजर धरैलाई थाहानहुन सक्छ आवश्यकता भन्दाबढी र निरन्तर यसलाई प्रयोग गरियो भने यसमा मिसाइएका तत्वहरुको सकरात्मक भन्दाबढी नकरात्मक परिणाम दिने खतरा रहेको बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् ।

अमेरिकाको U.S AND FOOD DRUGS ADMINISTRATION  संस्थाहरुले स्यानिटाइजर प्रयोगमा ध्यान नदिदा निन्न जोखिम हुन सक्ने बताएको छ ।

स्यानिटाइजर प्रयोगबाट हुने बेफाइदाहरु

१. स्यानिटाइजर निमाणमा प्रयोग हुने ट्रइक्लोसान भन्ने रसायनले हाम्रो छालामा गएर प्राकृतिक तत्वलाई नाश गरि सुख्खा बनाएको हुन्छ। साथै कारण छालाको समस्यालाई निम्त्याएको हुन्छ ।

२ .स्यानिटाइजरमा प्रयोग हुने बेन्जालकानियम तत्वले छालामा र्दीगकालिन रोग लाग्ने खतरा रहन्छ । यसले छालाका तन्तुहरुमा छेति पुर्याउनुको साथै एलर्जी, चिडचिापन पैदाहुने,फोका उठने इत्यादी समस्याहरु निम्त्याउन सक्ने छ ।

३. स्यानिटाइजरमा सुगन्धीत बनाउनको निमित प्रयोग गरिने फेथलेटसनामक रसायन प्रयोग गरिन्छ । यसको कडा सुगन्धले यसले कलेजो,फोक्सोजस्ता अंगहरुलाइै असर गर्नुका साथै प्रजनन स्वास्थ्यलाई समेत असर गर्ने गर्छ ।

४. स्यानिटाइजरमा मुख्य प्रयोग गरिने रक्सीले बालबालिकाको स्वास्थ्यमा असर गर्दस । यदि कसैले भुलबस यसलाई निल्यो भने विषातता पैदा गराउन सक्छ ।

५. स्यानिटाइजरमा प्रयोग हुने इथायल आइसोप्रोपाइल रसायनले हाम्रो शरिरमा रहेको रोग प्रतिरोधी शक्तिलाई घटाएर शरिरको उच्च जोखिम पुयाउन सक्छ ।

यसमा हुने तत्वले मानव विकासमा प्रमुख भुमिका खेलने इन्डोक्राइम गन्थीमा प्रतक्ष असरपार्नै साथै बालबालिकाको बिकासमा समेत असरपार्ने गर्दछ ।

कोरोनाबाट बच्न प्रयोग गरिने स्यानिटाइजरलाई उचित प्रयोग गरौँ । सबै स्यानीटाइजर एकै किसिमको रसाइनले बनेको हुदैन फरकफरक रसाइनले बनेको हुनसक्छन् ।

प्रकाशित मिति: Jul 22, 2020

प्रतिक्रिया दिनुहोस्