Logo
२६ बैशाख २०८१, बुधबार
(July 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायिका करिश्मा मानन्धर साउन महिनामा यस्तो पहिरनमा देखिइन्

सामान्यतया साउनको महिनालाई शिवको महिना भनेर चिनिन्छ । यस महिनामा एकदम पवित्र भइ मानिसहरु शिवको बर्त बस्ने गर्दछन् ।

हिन्दु धर्ममान्ने महिलाहरुलाई यतिबेला साउन लागेको छ । साउको महिना हरियोको प्रतिक भनेर चिनिन्छ ।

साउन महिनामा जताततै हरियो मौसम भएकाले महिलाहरु हरियो तथा पहेलो पहिरनमा देखिनथालेका छन् ।

पछिल्लो समय सामाजिक संजालका कारण पनि कसले कसरी कुन पर्व, चाड मनाए भन्ने कुरा स्पष्ट देखिन्छ ।

साउनको महिनामा सेलिब्रटी देखी नेपाली महिलाले हरियो परिन गर्ने गर्दछन् । सो नेपाली सिनेबजारकी अभिनेत्री करिश्मा मानन्धर पनि साउन लागेको यतिबेला हामीले उनले पोष्ट गरेको फोटाबाट प्रष्ट देखिन्छ ।

सदावहार नायिकाको उपमा पाएकी नायिका करिश्मा मानन्धर सामाजिक संजालमा पनि निकै सक्रिय छिन् ।

साउन महिना सुरु भए लगत्तैबाट करिश्माले आफ्नो साउनको लुक्स सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी छिन् ।

उनले आफ्नो फेसबुकमा हातमा रातो, पहेलो तथा हरियो चुरा लगाई हरियो सल ओडेको फाटो फेसबुकमा राखेकी छन् । उनलाई त्यो पहिरणले निकै आकर्षक देखाएको छ ।

प्रकाशित मिति: Jul 19, 2020

प्रतिक्रिया दिनुहोस्