Logo
३० बैशाख २०८१, आईतबार
(July 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्त सिंह आत्महत्या प्रकरणमा मुछिएका सलमान खानसँग सोधपुछ नहुने

अभिनेता शुशान्त सिंह राजपूतको मृत्यु भएको पनि महिना दिन पुगि सक्यो तर बलिउड बजारमा अझै उनको आत्महत्या प्रकरणको कुरा सेलाएको छैन ।

भारीय बलिउड बजारमा सुशान्त सिंह राजपूतको आत्महत्यापछि अहिले हलचल आइरहेको छ । उनको मृत्यु पछि बलीउड भित्र भएको नकरात्क  कुरा  ‘नाताबाद’ को चर्को विरोध भएको छ ।

त्यही नाताबादको कारण उनलाई चलचित्रबाट निकालिएको हुनसक्ने भन्दै समाजिक सञ्जालमा बलिउडका चर्चित प्रडक्सन हाउसलाई सुशान्तको आत्महत्याका लागि जिम्मेवार ठहर्‍याइएको थियो।

विवादको रुप लिएको यो विषयले सलमान खान, करण जोहर लगायतका व्यक्तिहरु सुशान्तको आत्महत्याका लागि जिम्मेवार रहेको आरोप समेत लाग्यो। साथै यस विषयमा एशराज फिल्मस्‌का मालिक आदित्य चोपडा पनि मुछिए।

प्रहरीले सुशान्तको मृत्युपछि विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ। यो घटनासँग सम्बन्धित डिसिपी अभिषेक त्रिमुखले सलमान खानसँग सोधपुछ नगर्ने जानकारी दिएका छन्।

साथै अहिलेसम्मको सोधपुछबाट आदित्य चोपडासँग जोडिएको प्रत्यक्ष वा अप्रत्यक्ष आधारहरु प्रहरीले प्राप्त नभएको जनाएको छ। यो विषयमा लगातार खोजीमा रहेको र कुनै आधार भेटिएमा सोधखोज गर्ने प्रहरीले बताएको छ।

प्रहरीले समाजिक सञ्जालमा आएको जानकारीको आधारमा कसैलाई पनि सोधपुछको लागि बोलाउन नमिल्ने बताएका छन्।

यस्तै बान्द्रा प्रहरीले यशराज फिल्मसँग सुशान्तको सम्झौताको पनि जाँच गरेको छ। अहिलेसम्म सुशान्तको मृत्युलाई आत्महत्या नै भनिएको छ।

१४ जुनमा सुशान्तको मृत्यु भएपछि प्रहरीले धेरै खोजी गरेको छ। यस्तै प्रहरीले सुशान्तको क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, घरमा कर्मचारी दिपेश सावंत, दुई भान्से, ढोकाको साँचो बनाउने व्यक्ति, प्रेमिका रिया चक्रवर्ती, रियाका भाई सोविज, सुशान्तका बाबु केके सिंह, दुई बहिनी, केही चलचित्र निर्माता, चिकित्सकको बयान लिइसकेको छ। (एजेन्सी)

प्रकाशित मिति: Jul 16, 2020

प्रतिक्रिया दिनुहोस्