Logo
२९ बैशाख २०८१, शनिबार
(July 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै सन्तान पाल्दै यी ५ बलीउड अभिनेत्री !

भारतीय बलिउड बजारमा विभिन्न कुराको समय समयमा चर्चा चलिरहेको हुन्छ । कहिले कलाकारहरुको प्रेम सम्वन्ध त कहिले वैवाहिक सम्वन्धको बलिउडबजारमा भारतीय मिडियाँ बजारमा राम्रै स्थान पाउने गदछन् ।

भारतीय मिडियाले नयाँ प्रेमी जोडी होस्, अथवा सम्बन्ध टुटेको जुनै पनि समाचारले पनि बजारमा तरँगनै पैदा गर्ने गर्छ। आज हामी हजुरहरुसामु विवाह पछि सम्बन्ध विच्छेद भएका अहिले आफ्नो सन्तानलाई एक्लै पाली रहेका ५ नायिकाहरुको बारेमा चर्चा गर्ने छौ। जसले पति बिना पनि एक्लै आफ्नो सन्तानलाई हुर्काइरहेका छन्।

करिश्मा कपूर

बलीउड अभिनेत्रि करिश्मा कपूरले आफ्नो पति संजय कपूरसँग २०१६मा सम्बन्ध विच्छेद गरिसकेकी छन् ।नायिका करिश्मा कपूरका दुई सन्तान रहेका छन्। अहिले आफ्नो दुई सन्तानको उनी एक्लै हेरचाह गरिरहेकी थिइन्।

प्रीति झंगियानी

सन् २००८ मा अभिनेता परवीन डबाससँग विवाह भएकी अभिनेत्रीको वैवाहरिक जीवन आफ्नो छोराको जन्म पछि अगाडी बढ्न सकेन। जसको कारण उनको पतिसँग सम्बन्ध विच्छेद भयो। अहिले उनि आफ्नो छोरालाई एक्लै हुर्काइरहेकी छिन्।

रीना दत्ता

सन् १९८६ मा आमिर खानसँग विवाह गरेकी रीना दत्ताको आमिरसँग सम्बन्ध बिच्छेद भएपछि उनी अहिले आफ्नो दुई बच्चाको हेरचाह आफै गरिरहेकी छिन्। आमिरले अहिले दोस्रो विवाह गरेको भएता पनि रीनाले भने एक्लै आफ्नो सन्तानको हेरचाह गरिरहेकी छिन्।

 

अमृता सिंह

८० को दशकमा बलिउडमा राम्रै नं बनाउन सफल यी नायिका सैफ अली खानसँग विवाह गरेकी थिइन्। यी दुईबाट दुई सन्तानको जन्म भएकी थिइन्। अहिले सम्बन्ध बिच्छेद पनि आफ्नो दुई सन्तानको एक्लै हेरचाह गरिरहेकी थिइन्।

रिचा पिल्लई

बलिउडकी चर्चित मोडल समेत रहेकी अभिनेत्री रिचाले १९९८ मा अभिनेता संजय दत्तसँग विवाह गरेता पनि सम्बन्ध धेरै टिक्न सकेन। सम्बन्ध विच्छेद पछि उनी टेनिस प्लेयर लेन्डर पेससँग सम्बन्धमा रहिन जसको कारण उनले एक छोरीलाई जन्म दिएकी थिइन्। अहिले उनी एक्लै आफ्नो छोरीको हेरचाह गरिरहेकी छिन्।

 

प्रकाशित मिति: Jul 14, 2020

प्रतिक्रिया दिनुहोस्