Logo
२९ बैशाख २०८१, शनिबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक

काठमाण्डौ :  बलिउड चलचित्र ‘यारा’ को ट्रेलर सार्वजनिक भएको छ ।

नेपाली अभिनेत्री मरिष्का पोखरेल अभिनित उक्त चलचित्र नेपालमा समेत छायाङ्कन गरिएको थियो । ३० जुलाईमा जी ५ बाट रिलिज हुने यो चलचित्रमा मरिष्कासँगै विदयुत जामवाल लगायतका कलाकारको अभिनय छ ।

सार्वजनिक चलचित्रको ट्रेलरमा भक्तपुर दरबार क्षेत्रका दृश्य देखाइएको छ । अभिनेत्री मरिष्काले आफू अभिनित पहिलो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा खुसी व्यक्त गरेकी छन् ।

उनले आफू विगत ५ वर्षदेखि यो क्षणको प्रतिक्षामा रहेको लेखेकी छन् । उनले आमाको अनुरोधमा अडिसन दिँदै छानिएको पल आफ्ना लागि सबैभन्दा खुसीको क्षण रहेको जनाएकी छन ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्