Logo
२३ बैशाख २०८१, आईतबार
(July 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चनलाई कोरोना लागेपछि स्वास्थ्य लाभको कामना गर्दै भारतमा पूजापाठदेखि यज्ञसम्म

बलिउडका महानायक अमिताभ बच्चन लगायत छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अमिताभ बच्चनमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् । यस्तै कतिपय ठाउँमा यज्ञ पनि गरिएको छ ।

कलकत्तामा अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै यज्ञको आयोजना गरिएको छ । कलकत्ताको श्याम बजारमा रहेको शिव मन्दिरमा त्यहाँका मानिसले यज्ञ गरेका हुन् ।

अमिताभ बच्चनले शनिबार राति ट्वीट गर्दै आफूमा कोरोना सङ्क्रमण भएको जानकारी गराएपछि फ्यानहरुले प्रार्थना गर्न थालेका हुन् ।

यस्तै अल सेलिब्रेटी फ्रेन्ड्स क्लबका सदस्यले पनि बेहालाको चौरस्ता क्षेत्रमा भव्य पूजाको आयोजना गरेका छन् । कलकत्ता बाहेक मुम्बई तथा मध्यप्रदेशमा पनि अमिताभ बच्चनको स्वास्थ्यको कामना गर्दै पूजा समारोहहरु भइरहेका छन् ।

मध्यप्रदेशको प्रख्यात उज्जैन मन्दिरमा अमिताभ र परिवारका सदस्यको स्वास्थ्य कामना गर्दै विशेष पूजा गरिएको छ ।

प्रकाशित मिति: Jul 13, 2020

प्रतिक्रिया दिनुहोस्