Logo
१६ बैशाख २०८१, आईतबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलिउड अभिनेत्री नाया रिभेराको तालमा डुबेर मृत्यु भएको आशंका

हलिउड अभिनेत्री नाया रिभेरा अमेरिकाको क्यालिफोर्नियास्थित एक तालमा बेपत्ता भएकी छिन् ।

सीएनएनका अनुसार भेन्टुरा काउन्टीको लेक पिरुबाट बुधबार बेलुकीदेखि रिभेरा हराइरहेकी छिन् । उनी सम्भवतः डुबेको हुन सक्ने आशंका गरिएको छ ।

३३ वर्षीया रिभेरा दक्षिणी क्यालिफोर्नियाको एक तालमा गएकी थिइन् । उनका छोरा एक्लै भेटिएका छन् र रिभेरा बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको छ ।

बुधबार दिउँसो रिभेरा भाडामा लिइएको डुंगा लिएर तालमा गएकी थिइन् । उनीहरु तालमा गएको करिब ३ घण्टापछि अर्का डुंगा चालकले तालको बीचमा डुंगा देखेका थिए ।

सम्भवतः रिभेरा भाडामा लिइएको करिब ३ घण्टापछि डुंगा लिएर तालमा डुबेको हुन सक्ने आशंका गरेका छन्  ।डुंगामा रिभेराका छोरा निदाइरहेका थिए र रिभेरा थिइनन् ।

अधिकारीहरुले हवाइ र गोताखोरको माध्यमबाट खोजी गरिरहेको बताइएको छ । उनका नाबालक छोराबाट धेरै जानकारी पाउन कठिन भएको अधिकारीले बताएका छन् ।

अधिकारीहरुका अनुसार बालकले भेटिँदा लाइफ ज्याकेट लगाइरहेका थिए तर सम्भवतः आमाको लाइफ ज्याकेट डुंगामै भेटिए

बालकका अनुसार उनीहरु पौडी खेल्न गएका थिए तर पनि उनकी आमा डुंगामा फर्किइनन् । अधिकारीहरुका अनुसार बालकले भेटिँदा लाइफ ज्याकेट लगाइरहेका थिए तर सम्भवतः आमाको लाइफ ज्याकेट डुंगामै भेटिएको थियो ।(एजेन्सी)

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्