Logo
१५ बैशाख २०८१, शनिबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक, भावुक भए फ्यान

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ को ट्रेलर सोमबार सार्वजनिक भयो । ट्रेलरले हालै आफ्नो जीवन त्याग गरेका सुशान्तको स्मृति उनका फ्यानमा ताजा भयो ।

ट्रेलरमा सुशान्तले भनेका छन्, ‘जन्म कहिले लिने र मृत्यु वरण कहिले गर्ने भन्ने हामीले निर्धारण गर्न सक्दैनौँ तर कसरी बाँच्ने भन्ने चाहिँ निर्धारण गर्न सक्छौँ ।’ तर सुशान्त आफैले भने मृत्युको पनि समय आफैले निर्धारण गरे ।

चलचित्रका निर्देशक मुकेश छाबडाले सामाजिक सञ्जालमा एक पत्र पोस्ट गरेर यो चलचित्र दर्शक सामु ल्याउनका लागि दुई वर्ष पर्खनु परेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मेरो पहिलो चलचित्रको ट्रेलर आज सार्वजनिक भयो । मलाई खुशी लागेको छ कि यो चलचित्रका लागि तपाईँले सब्सक्राइब गर्नु पर्ने छैन, सबैले यो चलचित्र हेर्न पाउने छन् ।’

जीवन अन्त्यका लागि ‘आत्महत्या’ को बाटो रोजेका अभिनेता सिंहको अन्तिम चलचित्र दिल बेचारामा भने जीवनको कुरा गरिएको ट्रेलरमा स्पष्ट हुन्छ ।

‘फल्ट इन आवर स्टार’ पुस्तकमा आधारित चलचित्र ‘दिल बेचारा’ को ट्रेलरको प्रशंसा भइरहेको छ । ट्रेलर अहिले ट्रेन्डिङ्गमा छन् । जुलाई २४ देखि सो चलचित्र डिज्नी प्लस र हटस्टारमा हेर्न पाइने छ।

संगीतकार एआर रहमानले ट्वीट गरेका छन्, ‘दिल बेचाराको ट्रेलर आयो । यो प्रेम कहानीको मजा लिनु होला ।’ कलाकार नवाजुद्दीन सिद्दिकीले लेखेका छन्, ‘राम्रो ट्रेलर, पक्कै हेर्नु होला । यसमा सुशान्त सिंह राजपुतको काम राम्रो छ ।’

अभिनेता विद्युत जामवालले सुशान्तका फ्यानसँग अपिल गरेका छन् कि यो चलचित्र हेर्नका लागि । ट्वीटरमा एकजनाले लेखेका छन्, ‘राब्ता र दिल बेचारा दुवैको ट्रेलरमा यो लाइन छ… एक था राजा एक थी रानी दोनों मर गए खत्म कहानी ।

सुशान्तले यो लाइन भन्दा सबै उनीसँगै जोडिए जस्तो लाग्छ ।’

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्