Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी ३ कार अब मासिक ११ हजारदेखि १४ हजारसम्म किस्ता तिरेर किन्न सकिन्छ!

मासिक ११ हजारदेखि १४ हजारसम्म किस्ता तिरेर कार किन्न सकिने एनआईसी एशिया बैंकले  अफर ल्याएको छ ।

एनआईसी एशिया बैंकले ल्याएको ८.२५ प्रतिशतको व्याजदरमा साना गाडी किन्न चाहनेलाई अफर । किन्ने ब्यक्तिलाइ ल्याएसँगै इन्ट्री लेवल कार किन्न चाहने ग्राहकलाई सजिलो हुने भएको छ । बैंकले सेवा शुल्कपनि ०.२५ प्रतिशत मात्रै लाग्ने छ ।

यसले कोरोना भाइरसको कारण सामाजिक दुरी कायम गर्दै काममा जान चाहने र सक्ने ग्राहकले सरल किस्तामा इन्ट्री लेवल कार किन्न सक्ने भएका छन् ।

गाडी बिक्री गर्ने कम्पनीले पनि थोरै रकम तिरेर कार किन्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ ।

एनआईसी एशिया बैंकबाट कर्जा दिएर गाडी किन्ने ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट तिर्नु पर्छ भने बाँकी रकम कर्जा लिन सक्ने र अहिले हुन्डाईले आफ्नो इन्ट्री लेवल कारको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने मारुती सुजुकीले अल्टो र डाट्सनले रेडी गो बिक्री गर्दै आएको छ ।

मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

मूल्यको हिसावले मारुती सुजुकी अल्टो सबैभन्दा कम मूल्यको कार हो । यसको मूल्य १८ लाख ९९ हजारबाट सुरु हुन्छ भने डाट्सन रेडी गोको मूल्य १९ लाख ९९ हजारबाट सुरु हुन्छ ।

त्यसैगरि हुन्डाई सेन्ट्रो यी दुईको तुलनामा केही महंगो मोडल हो । यसको मूल्य बीएस ६ मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नगद छुट– तुलनात्मक रुपमा महंगो रहेको हुन्डाई सेन्ट्रोमा १ लाख रुपैयाँ नगद छुट रहेको छ भने अल्टोमा ९० हजार रुपैयाँ छुट पाउन सकिन्छ । साथै, डाट्सनले रेडी गोमा ७५ हजार रुपैयाँ नगद छुट गरेको छ ।

डाउन पेमेन्ट– हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यसको मूल्य २३ लाख ९६ हजारमा कम्पनीले १ लाख नगद छुट दिएको कारण ग्राहकले डाउन पेमेन्ट बापत ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

मारुती सुजुकीले अल्टोको मूल्य १८ लाख ९९ हजार तोकेको छ । यसमा ग्राहकले ९० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

अल्टो किन्न चाहने ग्राहकले ९ लाख ४ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट तिर्नु पर्ने हुन्छ । त्यसैगरि डाट्सन रेडी गो किन्न चाहने ग्राहकले यसको सुरुवाति मूल्य १९ लाख ९९ हजार रुपैयाँमा ७५ हजार घटाएर आउने रकमको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ ।

रेडी गोको लागि ग्राहकले ९ लाख ६२ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।कम्पनीको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने एनआईसी एशिया बैंकले १० वर्षको लागि कर्जा दिने अफर गरेको छ ।

बैंकको अफर अनुसार ग्राहकले हुन्डाई सेन्ट्रो किन्न चाहने ग्राहकले १४ हजार ८० रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । त्यसैगरि मारुती सुजुकी अल्टो किन्न चाहने ग्राहकले ११ हजार ९३ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ ।

डाट्शन रेडी गो किन्न चाहने ग्राहकले ११ हजार ७९९ रुपैयाँ मासिक किस्ता तिर्नु पर्ने हुन्छ । बैंकले अहिले ल्याएको कर्जाको व्याजदर १ वर्षसम्म परिवर्तन नहुने जनाएको छ ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्