Logo
१५ बैशाख २०८१, शनिबार
(June 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् ! प्लास्टिक सर्जरी फेल भएर कुरुप देखिने बलिउडका यी ५ नायिकाहरु

भारतीय दुनियामा धरै जसो मानिसको रोजाइमा पर्न सफल क्षेत्र भनेको एउटा क्रिकेट अनि अर्को बलिउड हो ।

बलिउडको चर्चाको जादु विश्वमा नै चढेको छ। बिदेशी नागरिकहरूले पनि बलिउडमा आएर आफ्नो भविष्य बनाएका थुप्रै उदाहरण छन् ।

फिल्म नगरीमा जे देखाउन सकियो त्यो नै बिकाउन सकिन्छ। आफूलाई राम्रो देखाउने होडबाजी नै चल्छ फिल्मी क्षेत्रमा। यहाँ सुन्दरताले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

त्यसैले त बलिउड नायिकाहरू आफूलाई अरूभन्दा सुन्दर देखाउन अनेक तौरतरिका अपनाउने गर्दछन्।

अहिलेको भारतीय फिलिमी दुनियाँमा प्यालास्टि सर्जरीको एकदम प्रतिस्पर्दा भइरहेको छ । बलिउडका अधिकांश नायिकाहरूले प्लास्टिक सर्जरी गरेर आफूलाई बेग्लै देखाउन सफल भएका छन् ।

प्लास्टिक सर्जरीको सहायताले आफ्नो सुन्दरता निखार्नु आजको समयमा सामान्य कुरा मानिन्छ । प्लास्टिक सर्जरी सधैं सफल हुन्छ भन्न सकिन्न।

कतिपय अवस्थामा यस्तो सर्जरीको नकारात्मक असर पनि पर्ने गर्दछ। सर्जरीको सकारात्मक प्रभाव देखिएमा नायिकाहरूको भाग्य चम्किन्छ तर सर्जरी गलत सावित भएमा यसले करियर नै ध्वस्त पार्न बेर लाउँदैन ।

आज हामी यहाँ प्लास्टिक सर्जरी फेल भएर कुरुप देखिने ५ बलिउड नायिकाहरूलाई चिनाउने कोसिस गर्दै छौँ।

५. श्रीदेवी
श्रीदेवी आज हामीसामु छैनन् तर उनको अभिनय र नृत्यलाई हामी कसैले पनि भुल्न सक्दैनौं । आफ्नो जीवनमा उनले धेरै फिमहरू गरिन्।

सबैको मुटुमा बस्न सफल श्रीदेवीले आफ्नो चुलबुले अन्दाजमा सबैको ध्यान तानिन्। उनी यति सुन्दर थिइन्, मानिसहरू उनको तारिफ गरेर थाकेनन् ।

पछिल्लो समय उनले ओंठ र नाकको सर्जरी गरेकी थिइन्। यसले उनको सुन्दरतालाई निखार्नुको साटो अझै बिगारेको थियो। भनिन्छ, सर्जरीका कारण उनलाई हाँस्नमा पनि निकै समस्या हुने गर्दथ्यो

 

 अनुष्का शर्मा
क्रिकेटर विराट कोहलीसँग बिबाहबन्धनमा बाँधिएर चर्चामा आएकी नायिका अनुष्का शर्माले फिल्म ‘रब ने बना दि जोडी’ बाट बलिउडमा प्रवेश गरेकी थिइन्।

त्यतिबेला उनको मासुम क्युट अनुहारलाई धेरैले रुचाएका थिए। विराट कोहलीसँग बिबाह गर्दा पनि उनी त्यति चर्चित भइनन्, जति ओंठको प्लास्टिक सर्जरीपश्चात् चर्चामा आइन्।

सर्जरीपछि उनको अनुहार पुरै बदलिएको थियो, ओंठ पहिलेभन्दा निकै ठुला र बाङ्गा देखिन्थे। अनुष्काको यो नयाँ रूपलाई दर्शकले कत्ति पनि रुचाएनन् ।

उनको ओंठलाई लिएर कैयौँ ट्रोल पनि बने। उनी पहिलेभन्दा निकै कुरुप देखिन थालिन्। उनको प्लास्टिक सर्जरी फेल रह्यो या भनौं यसको नकारात्मक असर उनीमाथि पर्यो।

राखी सावन्तआफ्ना विवादित बयान तथा पहिरनका कारण बेलाबेलामा चर्चामा आइरहने नायिका हुन् राखी सावन्त। राखीलाई आइटम गीतहरूमा बढी देख्न पाइन्छ।

‘परदेशिया ए सच है पिया’ गीतको रिमेकमा देखिएकी राखीको चुलबुले सुन्दर अनुहार धेरैको मनमा बस्यो।

तर अझै सुन्दर देखिने चक्करमा राखीले ओंठ र नाकको सर्जरी गरिन्। यो सर्जरीले उनलाई चर्चामा त ल्यायो तर मजाकको रूपमा मात्र। सर्जरी फेक भएर उनको अनुहार निकै भद्दा र कुरूप देखिन्छ।

३. आयशा टाकियाथोरै फिल्म खेलेर पनि अन्य दिग्गज कलाकारको जति चर्चा पाउने नायिका हुन् आयशा टाकिया। फिल्म ‘वान्टेड’मा सलमानसँग देखिएकी आयशाको रूप र अभिनयको चर्चा गरेर मानिसहरू थाकेनन्।

उनलाई धेरै रुचाइयो। उनी बिहे गरेर गुमनामजस्तै भइन्। तर ओंठको सर्जरीपश्चात् एकाएक उनी चर्चामा आइन्।

उनी यति धेरै बदलिएकि थिइन्, उनलाई चिन्न नै मुस्किल पर्यो। उनी केटीभन्दा केटा धेरै देखिइन्। आयशाको क्युट अनुहार डरलाग्दो देखियो।

उनका ओंठ सुन्निएका र निकै कुरुप देखिए। सर्जरीको मूल्य आयशाले आफ्नो सुन्दरता गुमाएर चुकाउनु पर्यो।
 कोयना मित्रा

साकी साकी गर्ल कोयना मित्राले प्लास्टिक सर्जरीको मूल्य फिल्मी जगतबाट नै बिदा लिएर चुकाउनु पर्यो।

आफ्नो नृत्यले सबैको मन जितेकी सुन्दर कोयना उदयमान प्रतिभा थिइन्। अझै सुन्दर देखिन उनले नाकको सर्जरी गरिन्। तर यो पूर्णरूपमा फेल रह्यो।

उनको नाकको सर्जरी यतिसम्म बिग्रेको थियो कि, फ़ेरि उनलाई जनताले पर्दामा देख्न चाहेनन्। कोयना पछिल्लो समय बिगबोस १३ मा देखिएकी थिइन् । त्यहाँ पनि उनी दुई हप्ता बढी टिक्न सकिनन्।  ( एजेन्सी
पत्रपत्रिका)

 

प्रकाशित मिति: Jun 27, 2020

प्रतिक्रिया दिनुहोस्