Logo
२६ बैशाख २०८१, बुधबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तपाइले मास्क लामो समयसम्म प्रयोग गर्नुहुन्छ भने सावधान ! ज्यानसमेत जान सक्छ

अहिलेको पछिल्लो समयमा कोरोना जताततै कोरोना माहामारी फैलिरहेको छ । सोही कारण कोरोना तथा अन्य सरुवा रोगको संक्रमणबाटबाट बच्नको लागि सामान्तया मानिसहरुले मास्कको प्रयोग गर्दछन् ।

कतिपय अवस्थामा हामीले प्रयोग गरेको मास्कले स्वास्थ्यमा नकारात्मक असर पार्ने साथै ज्यानै जानसक्ने खतरा हुने गर्दछ।

यदि तपाई पनि मास्कको प्रयोग गर्नुहुन्छ ? लामो समय सम्मप्रयोग गर्नुहुन्छ भने सावधान ! यसले तपाईको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।

लगातार लामो समयसम्म मास्क लगाउँदा शरीरमा अक्सिजनको कमी हुने गर्दछ । जसले रगतमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जान्छ ।

यति मात्र होइन, लामो समयसम्म मास्क लगाउँदा स्वास्थ्यमा अन्य कैंयौ प्रकारको समस्या निम्त्याउने गर्दछ ।

स्वास्थ्यमा के के असर पर्दछ  ?

१. मास्क लगाएर सास फेर्दा स्वास लिने अनि छाड्ने क्रम चल्दछ । यस क्रममा मास्कका कारणले अक्सिजनको प्रवाह कम हुन्छ र कार्बनडाइ अक्साइडको मात्रा बढेर जान्छ ।

२. लामो समय मास्क लगाउँदा मास्क भित्र अक्सिजनको कमी भई कार्बनडाइ अक्साइड भरिन्छ । यसले हाई लेवलमा कार्बनडाई अक्साइड स्वासमा भरिन्छ । जसका कारण मानिसको मृत्यु समेत हुनसक्छ ।

३. यस्तोमा सास फेर्दा कार्बनडाइ अक्साइडलाई पनि अक्सिजनको साथ लिइन्छ । र कार्बनडाइ अक्साइडमा समावेश हुने हाइपर केनियाका कारण टाउको दुख्ने, रिगंटा लाग्ने, ध्यान केन्द्रित गर्न ग्राहो हुने, कानमा आवाज आउने लगायतका समस्या हुने गर्दछ ।

४. आम अवस्थामा वातावरणमा कार्बन डाइअक्साइडको मात्रा ( दशमलव )४ प्रतिशत हुन्छ तर यो मात्रा बढेर १० प्रतिशतभन्दा बढि भयो भने यसले ज्यान लिन सक्छ ।

कोरोनाको महामारीबाट बच्न चिकित्सकहरु एन ९५ मास्क लगाउने सुझाव दिन्छन् । तर मास्क लगाउँदा लगातार लामो समयसम्म लगाउनु हुदैन ।

घर बाहिर निस्कदा अनिवार्य मास्क लगाएर मात्र निस्कनु होला । तर ध्यान रहोस् यो टाइट लगाउनु हुदैन ।

अझ दौडदाँ वा छिटोछिटो हिड्दा मास्क लगाउनु हानिकारक हुन्छ । यस्तो बेला मास्क खोल्नु पर्दछ ।

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्