Logo
२४ बैशाख २०८१, सोमबार
(June 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘डिप्रेसन’ लाई जित्न के गर्ने ?

कसैले यदि आजको दिन राम्रो भएन डिप्रेसनमा छु भन्छ भने त्यो डिप्रेसन होइन । यो त डिप्रेसनबारे हाम्रो अल्पज्ञान हो । बिडम्बना यहिँ छ कि हामी यो कति जटिल शब्दलाई यतिकै सतहमा हलुंगो रुपमा प्रयोग गरिदिन्छौं ।

विश्व स्वास्थ संगठनको अनुसार विश्वभरी विभिन्न उमेरका करिब २६ करोड मानिसहरु यो रोगबाट पीडित छन् ।

तर कतिपाय वैज्ञानिकहरु मानिसहरुले डिप्रेसन नखुलाउने हुँदा यो समस्या अझै धेरै व्यक्तिलाई हुनसक्ने बताउँछन् ।

कुनै पनि नराम्रो खबर सुन्दा वा काम बिग्रँदा हामी दुखी हुन्छौं भने त्यो डिप्रेसन होइन त्यो उदासीपना मात्र हो ।

विश्व स्वास्थ संगठनको अनुसार डिप्रेसन एक किसिमको मानसिक बिमारी हो । सामान्यतय मुडमा हुने उतार चढाव र केही समयका लागि हुने भावनात्मक प्रतिक्रियाभन्दा डिप्रेसन फरक छ ।

लगातार दुखी हुनु र केही कुरामा रुची नहुनु यो रोगको लक्षण हो । डब्ल्युएचओको अनुसार यो चिन्ता, डर र अराजकताको लक्ष्ँण देखिने मानसिक रोग नै डिप्रेसन हो ।

सुशान्त सिंहको निधनको खबर सुनेर अहिले धेरै जना उदास छन्, चिन्तित छन्, पीडित छन् । केही दिनसम्म यहीँ अवस्था रहन्छ र केही दिन पछि ठिक हुन्छ । यो डिप्रेसन होइन ।

डिप्रेसनको स्थितिमा मानिसहरुलाई केही कुराको डर हुन्छ । कुनै पनि कुरामा आफ्नो नियन्त्रण हुँदैन । यो एउटा मानसिक स्थिति हो जहाँ व्याक्तिले आफूले आफैलाई असहाय पाउँछ । यसलाई चिन्ता भनिन्छ । जब तपाई असहाय महसुस गर्नुहुन्छ तब भविष्यको सबै आशा गुमाउनु हुन्छ । यहिँ स्थितिमा चिन्ता, डर र निराशा बढ्छ र व्याक्ति डिप्रेसनमा जान्छ ।

डिप्रेसनबाट बच्नका लागि केही उपायहरु छन् जसलाई तपाईले पनि अबलम्बन गरेर स्वस्थ जीवनशैली बिताउन सक्नुहुन्छ ।

१. मन परेको र सृजनशील काम गर्नुहोस्
डिप्रेसनका शिकार भएका मानिसहरुले सधै आफूलाई व्यस्त र आफ्नो ध्यान तल्लिन रहने काममा लगाउनु पर्छ । तर जबरजस्तीको मन नलागेको काममा होइन । त्यस्ता काममा जहाँ आफूलाई मन लाग्छ । कतिपाय मानिसहरुले यस्तो बेला संगीत सुन्ने, चित्र कोर्ने वा अन्य सृजनशील काम गर्न सक्छन् ।

यस्तो बेला लिईने औषधिको धेरै साइड इफेक्टहरु हुनसक्छन् यसकारण सबैभन्दा उत्कृष्ट उपाय भनेको आफ्नो ध्यानलाई अन्तै काममा मोड्नु हो ।

तर यो सृजनशिलता र व्यस्ततालाई शारीरक तवरमा मात्र सिमित राख्नु हुँदैन । व्याक्तिले आफ्नो मन मस्तिष्कलाई पनि त्यस्ता गतिविधिमा लगाउनुपर्छ ।

यसरी नै जीवनमा परिवर्तनको सुरुवात हुन्छ ।

भिन्न भिन्न मानिसहरुसँग भेट्न सुरु गर्नुहोस् । जीवनकालाई फरक ढंग र कोणबाट नियाल्ने प्रयास गर्नुहोस् । यसको असर तपाईको वास्तविक जीवनमा पनि देखिन सुरु हुन्छ ।

२. आर्ट थेरापी हुनसक्छ प्रभावकारी
कतिपाय मानिसहरुका लागि आर्ट थेरापी धेरै नै प्रभावकारी साबित भएको छ । आर्ट थेरापी क्रिएटिभीटिसँग जोडिएको छ । आर्ट गर्न मज्जा आउने मानिसहरुका लागि आर्ट थेरापी निकै नै प्रभावकारी हुन्छ । जब व्यक्तिले आफूले अभिव्यक्त गर्न चाहेको कुरा मनभित्र गुम्सिएको कुराहरु आर्टको माध्यमबाट बाहिर निकाल्छन् तब उनीहरु भित्रको विषाक्त विचार र पीडाहरु पनि कलासँगै बाहिर निस्कन्छन् र उनीहरु हलुङ्गो महसुस गर्छन् । डिप्रेसन मात्र होइन अन्य किसिमका बिमारीहरुका लागि पनि यो एकदमै राम्रो छ ।

३. मन पर्ने कामबाट मात्र हुँदैन उपचार
सबै मानिसहरुको मानिसक अवस्था एउटै हुँदैन । कतिपयले मनिसहरुको मन मस्तिष्क सधै सिर्जनात्मक कार्यमा लाग्दैन । यसकारण उपचारका लागि परिवार तथा साथीभाइहरुसँग घुम्ने डुल्ने, योगा तथा शारीरिक व्यायाम गर्ने कामहरु पनि आवश्यक छ ।

प्रकाशित मिति: Jun 22, 2020

प्रतिक्रिया दिनुहोस्