Logo
१७ बैशाख २०८१, सोमबार
(June 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 एकै दिन भारतमा कोभिड-१९ बाट २ हजार भन्दा धेरैकाे मृत्यु

पछमेकी देश भारतमा काेराेना भाइरसका कारण एकै दिन दुई हजार भन्दा धेरैकाे मृत्यु भएकाे छ । संक्रमितकाे संख्या बढेर ३ लाख ५४ हजार भन्दा धेरै पुगेकाे छ ।

बितेकाे २४ घण्टामा दुई हजार मानिसकाे मृत्यु भएकाे छ, जुन अहिलेसम्मकै सर्वाधिक हाे । भारतकाे स्वास्थ्य मन्त्रालयले संक्रमितकाे संख्या ३ लाख ५४ हजार ६५ र मृतककाे संख्या ११ हजार ९ सय ३ पुगेकाे जनाएकाे छ ।

भारतमा संक्रमणकाे सबैभन्दा धेरै तथ्यांक महाराष्ट्रमा छ । महाराष्ट्रमा संक्रमितकाे संख्या १ लाख १३ हजार ४ सय ४५ रहेकाे छ । महाराष्ट्रमा अहिलेसम्म ५ हजार ५ सय ३७ जनाकाे मृत्यु भएकाे छ ।

 

प्रकाशित मिति: Jun 17, 2020

प्रतिक्रिया दिनुहोस्