Logo
३ जेष्ठ २०८१, बिहीबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको इनरुवामा भीषण आगलागी [स्थलगत भिडियो सहित]

प्रदेश १ स्थित सुनसरीको सदरमुकाम इनरुवा १ स्थित बजार क्षेत्रमा रहेका दुई पसलमा बिहान ५ बजेदेखी भिषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगालागी, सृजना फाईनान्स्मा समेत भएको छ ।

आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले दुवै भवनमा रहेका सम्पुर्ण सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन ।

दमकलले आगलागी नियन्त्रणका लागी पानीको फोहोरा भित्रसम्म फया्क्न नसकेपछि ईस्काभेटरले घर भत्काएर आगलागी नियन्त्रणको प्रयास थालिएको छ ।

हनुमान बस्त्रालय पुर्ण रुपमा जलेर नष्ट भएकाले र सृजना फाईनान्स रहेको भवनमा माथिल्लो तलाबाट आगो सुरु भएकाले नियन्त्रणमा कठिनाई भएको हो ।

इनरुवा नगरपालिकाकाे बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र आउदा तत्काल नियन्त्रण हुन नसकेकाे हाे ।

भिडियो सहित : 

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्