Logo
२ जेष्ठ २०८१, बुधबार
(April 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशबाट फर्किएर क्वारेन्टिनमा बसेर आएको भनेर पन्छिएका युवकको आरडीटी परीक्षण पोजिटिभ

बागमती प्रदेश अन्तरगत धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ ।

ज्वालामुखी-३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए।

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ।

‘नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गर्दैछौं,’ उनले भने, ‘थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौं।’

‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए। उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए।

स्थानीयहरुले गुनासो गरे पछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर सफाई दिएका थिए।

वडाध्यक्ष श्रेष्ठले आफूहरुसँग त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएको बताएका छन्।

प्रकाशित मिति: Apr 14, 2020

प्रतिक्रिया दिनुहोस्