Logo
२ जेष्ठ २०८१, बुधबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको प्रत्येक परीक्षा कन्द्रमा आइसोलेसन कक्ष, ४८ हजार विद्यार्थीले SEE दिइदैँ

गण्डकी प्रदेशबाट बिहीबारदेखि शुरु हुने SEE परीक्षामा  ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिए ।

प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए । प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको SEE परीक्षमा १० हजार ८४० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

कूल २८९ विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । ३२ केन्द्र मध्ये पोखराको तालबाराही मावि परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष हुन् ।

सुवेदीका अनुसार परीक्षाका लागि आवश्यक उत्तपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पुर्‍याइ सकिएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य सङ्क्रमणबाट जोगिन प्रत्येक परीक्षाका केन्द्रमा एउटा कोठा आइसोलेसन कक्षका रुपमा छुट्याउन निर्देशन दिइएको र आवश्यकता अनुसार ‘हेल्थ डेक्स’ पनि स्थापना गर्न सकिने उनले जानकारी दिए ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन आजै शिक्षक महासङ्घसहितका विभिन्न पेशागत सङ्घ सङ्गठनका पदाधिकारीबीच पनि छलफल गरिएको बताउँदै उनले सुरक्षालगायतका सम्पूर्ण व्यवस्था गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी बन्न विद्यार्थीलाई आग्रह गरे ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्