Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विनोद चौधरीले ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्ने

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले टाइम्स अफ इन्डियाद्वारा आयोजित ‘ग्लोबल बिजनेस समिट’लाई सम्बोधन गर्ने भएका छन् ।

विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिवार नयाँ दिल्लीमा आयोजना हुनेछ ।

समिटको समुद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम रहेको छ । टाइम्स अफ इन्डियाका अनुसार उक्त कार्यक्रममा मोदी सरकारका सातजना वरिष्ठ मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री एस जयशंकर, वाणिज्य तथा रेल मन्त्री पियुस गोयल, टेक्सटाइल मन्त्री स्मृति इरानी, नागरिक उड्ययनमन्त्री हरदीप पुरी र ऊर्जा मन्त्री आरके सिंहले समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

टाइम्स अफ इन्डियाले आज प्रकाशित गरेको समाचारअनुसार विश्वविख्यात कम्पनीका प्रमुख कार्यकारीहरू एवं विश्वमा बिजनेस, टेक्नोलोजी र सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तित्वहरू ग्लोबल बिजनेस समिटका विशेष आकर्षणका रूपमा रहनेछन् ।

समिटमा ‘न्यू किङ अफवाल स्ट्रिट’का रूपमा परिचित स्टेफेन स्क्वार्जम्यानले दिगो विकास कसरी गर्ने भन्ने विषयमा बोल्नेछन् । महिला सशक्तीकरणको मुद्दालाई सशक्तरूपमा उठाउने अनेक अभिन्तामध्ये शेर्ल ब्लेयरको नाम विशेष छ ।

उनी पनि यस समिटको विशेष आकर्षण हुनेछिन् । ध्यानपूर्वीय दर्शनको अभिन्न अंग हो । त्यही ध्यानलाई नयाँ प्रविधिसँग जोडेर स्वस्थ समाज निर्माणमा लागिपरेका ‘हेडस्पेस’का सह–संस्थापक एन्डी पुडिकम्बले स्थिर र शान्त रहन सिकाउने छन् ।

र, आउन लागेको अस्थिर दशकको व्यापार व्यवसायबारे बोल्न भारतका शीर्ष सीईओहरू अजय पिरामल, सुनिता रेड्डी र सुनिल मञ्जलसँगै रोनी स्क्रुवाला, बोस्टन कन्सल्टिङ ग्रुपका एसिया–प्यासिफिक प्रमुख नीरज अग्रवाल र नेपालका एकमात्र अर्बपति विनोद चौधरी रहने टाइम्स अफ इन्डियाले जनाएको छ ।

अध्यक्ष चौधरीले शुक्रबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने कार्यक्रम रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीसँग गुजरातका मुख्यमन्त्री हुँदादेखि नै अध्यक्ष चौधरीको निकट सम्बन्ध रहँदै आएको छ ।

प्रकाशित मिति: Mar 6, 2020

प्रतिक्रिया दिनुहोस्