Logo
२५ बैशाख २०८१, मंगलबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२२ पुगे इन्टरनेट सेवा प्रदायक : उपभोक्तालाई फाइदा, व्यवसायीलाई टिक्नै मूस्किल

मुलुकमा अर्बौं लगानी गर्ने राष्ट्रिय स्तरका इन्टरनेट सेवा प्रदायकदेखि स्थानीयस्तरमा ‘लोकल’ इन्टरनेट सेवा प्रदायक पनि छन्।

इन्टरनेटको विस्तार तीव्र भइरहेका बेला इन्टरनेट सेवा प्रदायकहरुको संख्या झन् थपिँदै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार १ सय २२ वटा इन्टरनेट सेवा प्रदायकले सञ्चालनको अनुमति लिएका छन्।

प्राधिकरणमा थप दर्ताको निवेदन दिनेको संख्या झन्डै सय बराबर छ। सानो बजारमा थपिँदै गएका दर्जनौं इन्टरनेट सेवा प्रदायकबीच भने पछिल्लो समय अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको स्वयं व्यवसायीहरु बताउन थालेका छन्।

सेवा प्रदायकबीच तीव्र प्रतिस्पर्धाले उपभोक्तालाई फाइदा पुगे पनि व्यवसायलाई नकारात्मक असर पर्ने गरी प्रतिस्पर्धा बढेको उनीहरुको भनाइ छ।

‘कतिपय इन्टरनेट प्रदायकलाई टिक्न नै गाह्रो हुनेगरी प्रतिस्पर्धा भएको छ’ सुविसु केवल नेटका प्रेसिडेन्ट तथा इन्टरनेट सेवा प्रदायक संघका पूर्व उपाध्यक्ष सुधिर पराजुलीले भने, – ‘सेवा प्रदायकबीच अस्वस्थ प्रतिस्पर्धा बढेकोले यो समस्या आएको हो ।’

उनी भन्छन्, ‘इन्टरनेट व्यवसायमा नाफा राख्ने ठाँउ नै नराखी प्रतिस्पर्धामा सेवा प्रदायक उत्रिएका छन्। सानादेखि ठूला कम्पनीहरुले ग्राहक संख्या बटुल्ने मात्र काम गरिरहेको छ।’

इन्टरनेट व्यवसायमा अहिले मार्जिन छैन राख्नै मुस्किल भएको उनले बताए । नेपालमा इन्टरनेट ल्याउने स्रोत भनेको भारत हो। चीनसँग नेपाल टेलिकमले नेटवर्क त जोड्यो तर व्यवसाय सुरुवात भएको छैन।

प्रकाशित मिति: Mar 3, 2020

प्रतिक्रिया दिनुहोस्