Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ नयाँ प्रविधि, जसले स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन ल्याउँदैछन्

अहिले तात्तातो बहसको विषय बनिरहेको छ, स्वास्थ्य प्रविधिको आविष्कार । आजभोलि स्वास्थ्य सेवाको छलफल लागत र दक्षतामा केन्द्रित भइरहेको छ । अहिले सबैभन्दा फस्टाइरहेको उद्योगमध्ये स्वास्थ्य प्रविधि पनि एक हो । जुन तपाईंको स्थानीय अस्पतालको शक्तिशाली सीटी स्क्यानरदेखि लिएर ‘एप्पल वाच’मा ईकेजी (मुटुको धड्कनबारे बताउने मेसिन) स्वास्थ्य उपकरणसम्म समावेश छ । यस्ता प्रविधिले स्वास्थ्य सेवाको स्वरुपलाई परिवर्तन गरिरहेको छ ।

विश्वका केही कम्पनीले कम लागतमै ठूलो जनसंख्यामा प्रभावकारी सेवा दिनसक्ने यस्ता नवीनतम सेवा उत्पादन गरिरहेका छन् ।

के–के हुन् हेल्थ टेक इनोभेसन ?

हेल्थ टेक्सले जस्तोसुकै हेल्थकेयर प्रविधिको पनि बखान गर्न सक्छ । जसमा ‘फिटबिट्स’ जस्तो आफैं लगाउन मिल्ने योग्य उपकरणदेखि लिएर त्यसको डाटा संकलन गर्ने ‘जटिल डाटा बेस’ समेत पर्छन् ।

यो एक यस्तो उद्योग हो, जुन हामीसँगै उपलब्ध भएको लाखौं सेन्सर डाटाको उपयोग गरेर कुशलतापूर्वक कैयौंको जीवन बचाउने चुनौती लिइरहेका छन् । जसमा इन्टरनेट अफ मेडिकल थिंक (आइओएमटी) एक प्रभावकारी सेवा हो ।

इन्टरनेट अफ मेडिकल थिंक (आईओएमटी) मेडिकल उपकरण र एप्लिकेसनको संग्रह हो, जसले स्वास्थ्य सेवासम्बन्धी सूचना अनलाइन प्लेटफर्ममार्फत प्रदान गर्छ । यस्ता आविष्कारले बिरामीको समयको बचत, खर्चको बचत र गुणस्तरीय सेवा प्रदान गर्छ ।

यस्तै चिकित्सा क्षेत्रमा भूमिका खेल्न सक्ने आधुनिक छ, स्वास्थ्य सेवा प्रविधिबारे चर्चा गरौं ।

१. स्मार्ट वाच इकेजी

एप्पलले हालै आफ्नो स्वामित्वमा चिकित्सकबाट मान्यता प्राप्त इकेजी एप भएको घडीहरु सार्वजनिक गरेको छ । फिटबिट्सले स्यामसँगको जस्तो इकेजी निकालेको छ । सहजसँग बोक्न सकिने इकेजीले मुटुसम्बन्धी दैनिक गतिविधिलाई निगरानी राख्छ ।

स्वस्थ व्यक्तिको मुटु स्वस्थता कायम भएको यकिन गर्ने यो वैकल्पिक मेसिन हो । जसलाई मुटुरोगीको लागि यो जीवनरक्षक जतिकै काम गर्छ ।

यस्ता एपले मुटुमा अनियमित मुटुको दर पहिचान गर्छ । जुन हामीले चिकित्सकलाई देखाउन सक्छ । र्‍यापिडएसओस जस्ता एपबाट त त्यस्ता डाटा चिकित्सकलाई तुरुन्त पठाउन सकिन्छ ।

२. स्मार्ट पिल्स

स्मार्ट पिल्स मुखमा हालेर निल्न सकिने बायोमेट्रिक्स स्क्यानर हो । जसले शरीरभित्र के भइरहेको छ भनेर इमेजिङ र स्क्यान गर्छ ।

यो उपकरणको माध्यमबाट चिकित्सकले बिरामीको आन्तरिक अवस्था बुझ्न मद्दत गर्छ । यसले शरीरको तापक्रम, पीएच लेभल, अल्सर, टयुमर, रक्तश्राव र पाचन प्रणालीको निगरानी गर्न सकिन्छ ।

जुन परीक्षण गर्न सहज र सुलभ छ । यस्ता उपकरणको प्रयोग चिकित्सको स्विकृति पछि मात्र लिन पाइन्छ ।

३. रिमोट मेडिकल कन्सल्ट एन्ड मोनिटरिङ

टेलिमेडिसिन यस्तो अभ्यास हो, जो टेलिफोन र इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै कुनाबाट स्वास्थ्यसम्बन्धी परामर्श लिन सकिन्छ ।

यद्यपि, यो अवधारणा नयाँ होइन । अस्पतालको पहुँच नहुने क्षेत्रलाई लक्षित गरेर सन् १९५० मा नै सुरु भइसकेको थियो ।

आपतकालीन अवस्थामा रिमोट मेडिकल कन्फरेन्सिङले स्रोत र जनशक्तिको अभाव हुँदा बिरामीलाई द्रुत रूपमा समस्या पहिचान गर्न यस्ता टेलिमेडिसिनले काम गर्छ ।

आईओएमटी सेन्सर जस्ता उपकरणबाट चिकित्सकले टाढा रहेको बिरामीको अवस्था विश्लेषण गर्ने तथा अपोइन्टमेन्ट (चिकित्सकसँग सल्लाह परामर्श गर्न समय माग गर्न) लिन सक्छन् ।

४. आफैं लगाउन सकिने बायोमेट्रिक सेन्सर

स्टेप ट्रयाक गर्ने उपकरण भन्दा आफैं लगाउन सकिने बायोमेट्रिक सेन्सर बढ्ता प्रभावकारी हुन्छन् । बायोमेट्रिक सेन्सर स्मार्ट कपडादेखि लिएर खेलाडीको काँधको प्याडमा आरएफईइडी (रेडियो फ्रिक्वेन्सी आईडेन्टिफिकेसन – विद्युत तरंगमा आधारित वस्तुस्थिति पहिचान) चिप्ससम्म हरेकमा सेन्सर लगाउन सकिन्छ ।

उच्च प्रविधियुक्त यी सेन्सरले तपाईंको मुटुको दर, भावनात्मक अवस्था, फिटनेस लक्ष्य, निद्राको ढाँचा लगायत कुराहरू ट्रयाक गर्न सक्छन् ।

यी सेन्सरले शारीरिक र मानसिक स्वास्थ्यबारे बहुमूल्य जानकारी संकलन गर्छन् । सेन्सर डाटाबाट चिकित्सकले मानिसको स्वास्थ अवस्था थाहा पाउन र उपचार योजना बनाउन सघाउँछ ।

५. रोग पहिचानको लागि एआई एण्ड डिप लर्निङ

विश्वव्यापी तवरमा आर्टिफिसियल इन्टेलिजेन्स हरेक औद्योगिक क्षेत्रमा फैलिएको छ । चिकित्सा क्षेत्रमा त एआईले चमत्कार नै गरेको छ भन्दा फरक नपर्ला ।

लामो समयसम्म उपचारमा संलग्न एक अनुभवी चिकित्सकजत्तिकै एआईले सेकेण्डभरमै वर्षौंको चिकित्सा डाटा र खोज गर्न सक्छ । जसले बिरामीमा देखिने रोगहरुको अध्धयन गरी पहिचान तथा उपचारका लागि एक विशेषज्ञको बराबर काम गर्छ । मेडिकल एआईहरूले गहन अध्ययन गर्छन् ।

६. अस्पतालका डाटा लिंक

आईओएमटी उपकरण जस्ता प्रविधिले बिरामीको सूचना बढी भन्दा बढी प्रदान गरी चिकित्सकलाई दिन्छ । आधुनिक स्मार्ट अस्पतालले प्रभावकारी रुपमा व्यक्तिगत हेरचाह प्रदान गर्न कैयौं स्रोत संकलन गर्छ । टाढा रहेका बिरामीको अवस्था पनि यस्ता डाटाले पत्ता लगाउन सक्छ ।

तर वृहत स्तरमा यसको पहुँच पुर्‍याउनु चुनौती बनेको छ ।

आईओएमटीले यस्तो हेल्थकेयरको इकोसिस्टम बनाइरहेको छ । जसले एक उच्च गुणस्तरीय बिरामीको डाटाबाट रोगको पहिचान र उपचार गर्न मद्दत गर्छ । डाटाजडित सेन्सरले चिकित्सकलाई वर्तमान समयमा उपचारका लागि निकै सहज बनाएको छ । यस्ता प्रविधिको विस्तार गर्न अझै निकै समय लाग्छ । तर राम्रो कुरा के हो भने आजको दिनमा यस्ता कम समयमै धेरै जानकारी लिन सक्ने यस्ता प्रविधिको आविष्कार भएको छ । भोलिको दिनमा यस्ता प्रविधिहरु थप अत्याधुनिक र सुविधायुक्त बन्नेमा कुनै शंका छैन ।

प्रकाशित मिति: Mar 27, 2024

प्रतिक्रिया दिनुहोस्