Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् ।

हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उनले भने ।

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेले बताए ।

‘रोड टेष्ट नगरी ड्राभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ ? स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ । सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाइका साथ पालना गराउनुपर्ने हुन्छ । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन’, उनले भने ।

प्रकाशित मिति: Apr 14, 2024

प्रतिक्रिया दिनुहोस्