Logo
२ जेष्ठ २०८१, बुधबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाईराखौँ ! यी हुन् स्वस्थ्य जीवनको लागि आवश्यक पर्ने सन्तुलित भोजन

मानिसको जीवनमा गाँस, बास र कपासको आवश्यकता हुन्छ ।अझ स्वस्थ्य जीवनको लागि सन्तुलित भोजन चाहिन्छ । अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न सन्तुलित भोजनमा समावेश हुन्छ ।स्वस्थ्य जीवनको आधार नै सन्तुलित भोजन हो ।

शरीरलाई स्वस्थ राख्न पानीले महत्वपूर्ण भूमिका खेल्छ । आफू स्वस्थ्य हुनुलाई दिनमा कम्तीमा आठदेखि दश गिलास पानी सेवन गर्नु उचित हुन्छ ।त्यसैगरि सन्तुलित भोजनमा आवश्यक अनुपातमा १० देखि १५ प्रतिशत प्रोटिन, ६० देखि ८० प्रतिशत कार्बोहाइडे्रट्स, तथा १० देखि ३० प्रतिशत फ्याट समावेश हुन्छ । सागसब्जी तथा फलफूलको विविधता पनि खानामा महत्वपपूर्ण मानिन्छ ।

मकै, गहुँ, चामल, आलु लगायतका स्टार्चयुक्त खाद्य पदार्थ उर्जाको स्रोत अनि फाइबर, क्याल्सियम, आयरन तथा अन्य महत्वपूर्ण भिटामिनको स्रोत मानिन्छ । सागसब्जी तथा फलफूल फाइबर, भिटामिन तथा खनिज पदार्थको समृद्ध स्रोत हो, जसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ ।

सरस्यूको तेल, सूर्यमुखी फूल, मकैको तेल फ्याट अन्तर्गत पर्दछ ।तर भोजनमा फ्याटको नियनत्रण गर्नुनै उचित हुन्छ ।  शरीरलाई फ्याटको मात्रा कम आवशयक हुनुको कारण त्यसलाई नियनत्रण गर्नु उचित मानिएको हो ।

दूग्धजन्य पदार्थ दूध, दही, पनीर आदि भिटामिन डी, क्याल्सियम तथा प्रोटिनको सा्रेत भएकाले यी सबै पनि शरीरको आवश्यक हुन्छन । यी सबै पोषकतत्प हड्डी मजबुत बनाउन तथा दाँतलाई मजबुत बनाउन आवश्यक छ । दूधमा तर जम्ने हुनाले वोसो मात्रा धेरै हुन्छ त्यसैले तर विहिन दूध  स्वास्थ्यलाई राम्रो मानिन्छ ।

त्यस्तै, माछा, मासु, अण्डा, फलफूल, दाल तथा सोयाबीन प्रोटिनको राम्रो स्रोत मानिन्छ । साथै, आयरन अन्य खनिज पदार्थ तथा भिटामिन ‘के’ को पनि राम्रो श्रोत मानिन्छ । सोयाबीन र नट्समा विभिन्न किसिमको पोषकतत्व पाइन्छ । यसले विशेषगरी मांसपेशी तथा टिस्यूको निर्माण तथा मर्मतको साथमा प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन मुख्य भूमिका खेल्दछ ।

प्रत्येक दिन सबै किसिमका खाद्य पर्दाथको चयन गरेर त्यसमा पनि निश्चित प्रकारकै खाद्य पदार्थलाई खानामा समावेश गरेर शरीरलाई पोषण प्रदान गर्न सकिन्छ ।

हामीले जे खान्छौ, त्यो सबै खानेकुराले शरीरलाई पोषण नमिल्न सक्छ । शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट , खनीज पदार्थलाई समावेश गर्न जरुरी छ । साथमा शारीरीक गतिविधि आवश्यक छ । अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्