Logo
१२ बैशाख २०८१, बुधबार
(May 25, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तौल बढाउनका लागि यस्तो छ दैनिक खाना तालिका

एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।

उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ । दुब्लोपन हुनुमा शरीरलाई चाहिने पर्याप्त खानाको अभाव, पेटमा जुका तथा अन्य परजीवीले खाना सोस्ने लगायतका कारण हुनसक्ने पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् ।

‘हाम्रो खाना जुका वा परजीवीले खाने गर्दछ। त्यसले शरीरको प्रतिरक्षा शक्तिलाई कमजोर पार्छ । कुनै दीर्घरोगको संक्रमण भयो भने शरीर दुब्लाउँदै जान्छ,’ उनी भन्छन् ।

दुब्लोपन भएको एक वयस्क व्यक्तिले निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिने डा. उपाध्याय सुझाउँछन् ।

तौल बढाउनका लागि दैनिक खाना तालिका :

– बिहान ७ देखि साढे ७ बजेसम्ममा दुईवटा पाउरोटी, दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।

-१० देखि साढे १० बजेभित्रमा दही वा दूधसँग केरा खाने ।

– दिउँसो १ देखि २ बजेको अवधिमा एकदेखि दुई कप भात, एक कप दाल र एक कप तरकारी खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।

– अपरान्ह ४ देखि ५ बजेको अवधिमा एक कप भिजाएर टुसा उमारिएको चना र चिउरामा तेल र अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खान सकिने, यसमा गुलिया फलफूल मेवा, आँप, खर्बुजा मिलाएर खाने ।

बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारीका साथै माछामासु पनि समावेश गर्नुपर्छ । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ । सधैं एउटै खाना खानुभन्दा फरक-फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ ।

यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन । दालका प्रकारमा गेडागुडी भिजाएर टुसा उमारेर मज्जाले झोल पिउनुपर्छ ।

प्रकाशित मिति: May 25, 2022

प्रतिक्रिया दिनुहोस्