Logo
१५ चैत्र २०८०, बिहीबार
(February 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले बढायो दूधको मूल्य, लिटरको कति पुग्यो ?

सरकारले दूधको मुल्य बढाएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६ रुपैया ४ पैसा कायम गरेको हो ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसाँ थियो । लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात् ६ रुपैयाँ ५२ पैसाले मूल्य बढाइएको हो ।

उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । दूधको मूल्य फ्याट र एस।एन।एफ।को आधारमा गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको भनाइ छ ।

एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई पालक किसानले प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

प्रकाशित मिति: Feb 1, 2022

प्रतिक्रिया दिनुहोस्