Logo
११ बैशाख २०८१, मंगलबार
(April 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बच्चाका लागि बढी क्याल्सियम पाउने खाद्यपदार्थ के हुन्? थाहापाउनुहोस् !

हाम्रो शरीर विकासको लागि सन्तुलित भोजन आवश्यकता पर्छ । यदी हाम्रो शरिमा कुनै पनि पौष्टिक तत्वको कमि हुन गयो भने हाम्रो शरीरमा अनेकौ समस्या सृजना हुने गर्छ ।

त्यसकारण हाम्रो शरिरको लागि पौष्टिक तत्वपूर्ण खाना खान एकदमै आवश्यक रहेको छ । सन्तुलित भोजन सबै उमेरका मानिसलाई आवश्यक पर्ने गर्छ तर विशेष गरी बालबालिकालाई बढी हुने गर्छ ।

बालबालिकाको विकास निकै तीव्र गतिमा हुन्छ। त्यसैले वयस्कको तुलनामा उनीहरुको शरीरको आवश्यकता पनि धेरै नै हुन्छ। उनीहरुले बढी पोषक तत्व सेवन गर्नु आवश्यक हुन्छ।

उचाई, तौल र उमेरको हिसाबले सन्तुलित आहारा सेवन गर्नुपर्छ। यस्तोमा बच्चाको विकासका लागि क्याल्सियमको सेवन निकै आवश्यक हुन्छ। क्याल्सियमले बच्चाको हड्डीलाई स्वस्थ र मजबूत राख्नुका साथै दाँतको मजबुतीमा पनि ठूलो भूमिका निर्वाह गर्छ।

आज हामी तपाईलाई क्या बच्चाका लागि आवश्यक क्याल्सियमले भरपुर खानाहरुका बारेमा जानकारी दिन गइरहेका छौं ।

१. सुन्तलाको जुस
सुन्तलाको रस क्याल्सियमबाट भरपुर हुन्छ। उमेरको आधारमा बच्चा र किशोरलाई प्रतिदिन ५ सय देखि १३ सय मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ। यस्तोमा उनीहरुलाई ब्रेकफास्ट या साँझको खानाका क्रममा सुन्तलाको रस दिन सकिन्छ। यो भिटामिन सीले भरपुर हुन्छ, जसले क्याल्सियमको अवशोषणमा मद्धत गर्छ र हड्डी र दाँत मजबूत बनाउँछ।

२. दुग्धजन्य पदार्थ
दुग्धजन्य पदार्थ क्याल्सियमले भरपुर हुन्छ र बच्चाको हड्डीको विकासलाई बढावा दिन्छ। यसका दुई या तीन पदार्थको उपभोगले सजिलै उनीहरुका लागि क्याल्सियमको आवश्यकता परिपूर्ति गर्छ। जस्तो एक कप दुध, दिनमा एक पटक पनीर र एक कप दही।

३.माछा
माछामा पनि क्याल्सियम हुन्छ। यद्यपि कुन प्रकारको माछा खुवाइएको छ भन्ने कुरामा भरपर्छ। साथै माछामा ओमेगा ३ फ्याटी एसिड पनि पाइन्छ, जसले बच्चाको दिमागलाई तेज बनाउँछ।

 ४.सखरखण्ड
एउटा सखरखण्डमा ५५ मिलिग्राम क्याल्सियम हुन्छ। यसका साथै यो अन्य पोषकतत्वले भरपुर हुन्छ। यसमा भएको फाइबरले बच्चाको पेटलाई स्वस्थ राख्छ र मेटाबोलिजम बढाउन पनि सहयोग गर्छ।

५. तोफू
तोफूमा क्याल्सियम र म्याग्नेसियमको मात्रा राम्रो हुन्छ। बच्चाले यसलाई विभिन्न प्रकारले खान सक्छन्। सलाद या स्याण्डविचमा राखेर खुवाउन सकिन्छ। यसका अलावा तोफूलाई हल्का उमालेर त्यसमा मसाला छर्केर पनि खुवाउन सकिन्छ। यसमा प्रोटिनको मात्रा पनि राम्रो हुन्छ, जसले बच्चाको उचाई बढाउन मद्धत गर्छ।

यसका अलावा बच्चालाई क्याल्सियमयुक्त खाद्यपदार्थहरु बदाम, ओखर, दाल पनि खुवाउन सकिन्छ, जो इनर्जी तथा इम्युनिटी बुस्टर पनि हुन्। स्वास्थ्य खबर

प्रकाशित मिति: Apr 15, 2022

प्रतिक्रिया दिनुहोस्