Logo
६ जेष्ठ २०८१, आईतबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा रहेको एक कारागारमा दुई सय कैदीमा कोरोनाभाइरसको संक्रमण

पूर्वी चीनको सेन्डङ प्रान्तस्थित एक कारागारका मा रहेका २ हजार ७७ कैदी मध्ये दुई सय कैदीमा कोरोनाभाइरस संक्रमण देखिएको छ।

सेन्डङ प्रान्तीय सरकारका अनुसार स्थानीय रेन्चेङ कारागारमा रहेका कैदीको नमुना परीक्षण गरिएकामा २ सय जनामा कोरोनाभाइरस संक्रमण पाइएको हो।

साथै ७ जना कारागार सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

सुरुमा त्यहाँका गार्डमा खोकी लाग्ने लगायत लक्षण देखिएका थिए। त्यसपछि सबैको परीक्षण गर्दा उल्लिखित संख्याका कैदी तथा जेलरमा कोरोना संक्रमण देखिएको समाचारमा उल्लेख छ।

 

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्