Logo
१२ बैशाख २०८१, बुधबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलबारी प्रहरीद्वारा चोरी गर्ने ३ जना नियन्त्रणमा

शिव भट्टराई/प्रदेस एक स्थित मोरङको ग्रामथान गाउपालिका वडा नं ५ मा रहेको आशिष् माझिको एक मोबाइल पसल र ग्रामथान गाउपालिका वडा नं ४ को कार्यालयको सामाग्री चोरी गरेको आरोपमा प्रहरीले तिन जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाँउपालिका–३ बस्ने सुनिता चौधरी, उनका छोरा करण चौधरी र ग्रामथान ५ बस्ने निराजन माझि रहेका छन । उनिहरुका साथबाट लुकाएर राखिएको अवस्थामा विभिन्न कम्पनिका ल्यापटप, ल्यापटपको चार्जर, मोवाइल, मोवाइलको चार्जर र स्पिकर प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई म्याद थप गरि ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट निम्न किसिमका कम्पनिहरुको ल्यापटप र मोवाइल प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्