Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माउन्ट एभरेष्टसँग सगरमाथाको कुनै साइनो छैन, सगरमाथा नै भनौं : प्रधानमन्त्री

विराटनगर, १८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको बताएका छन् । कोशी प्रदेशको आयोजनामा आजबाट वीराटगनरमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘माउन्ट एभरेस्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । एउटा ब्रिटिस एभरेस्ट व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए । तर, उनका नाममा सगरमाथा माउन्ट एभरेस्ट किन राखियो ? त्यो बुझिनसक्नु छ ।’

सो क्रममा उनले ती एभरेष्ट नाम गरेका व्यक्ति हिमाल चढेको व्यक्ति पनि नभएको जिकिर गरे । उनले माउन्ट एभरेष्ट नै नक्कली नाम भएको बताए । सोलुखुम्बुमा अवस्थित सर्वोच्च शिखरलाई सगरमाथा नै भन्नुपर्ने उल्लेख गरे । एभरेष्ट भन्ने व्यक्तिले सगरमाथा नभएर अर्को हिमाल अग्लो भनेका थिए भन्दै ओलीले असन्तुष्टि पोखे ।

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्