Logo
९ जेष्ठ २०८२, बिहीबार
(May 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदीको बाटाेबाट मान्छे र सामान ल्याउन सकिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नदीकाे बाटाेबाट मान्छे र सामान ल्याउन सकिने बताएका छन्। कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनको  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

गंगाकाे बाटाे हुँदै कलाकतासम्म ल्याउन सकिने बताउँदै उनले हनुमान नगरबाट अनुगमन गरिसकेकाले याे काम चाँडै हुने बताए। लगानी कर्ताहरूलाई लगानीको वातावरण बनेकाले लगानी गर्न पनि उनले आग्रह गरेका छन्। यस्तै उनले  ब्यानरमा समृद्ध नेपाल किन नलेखेको भन्दै कोशी सरकारप्रति व्यंग्य समेत  गरेका थिए।

हिमालको नामको सन्दर्भमा उनले  सगरमाथा नै नाम भएको र माउन्ट एभरेष्टसँग सगरमाथाको कुनै साइनो नभएको उनले बताए।

‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो। एउटा ब्रिटिस एभरेष्ट व्यक्ति। ती व्यक्तिले सगरमाथा होइन लोत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए। तर, उनका नाममा सगरमाथा माउन्ट एभरेष्ट किन राखियो ? त्यो बुझि नसक्नु छ। न उनी चढेका हुन्। न उनले त्यो सबैभन्दा अग्लो हिमाल भनेर पत्ता लगाएका हुन् ? त्यो पनि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘उनले त अर्को हिमाल अग्लो हो भनेका थिए। हामीले फेरि माउन्ट एभरेष्ट भनिरहने पनि होइन। एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन। त्यसकारण यो नक्कली नाम हो। बिल्कुल नक्कली नाम हो। हामीले सगरमाथा नै भन्नु पर्छ। प्रोपर नाम भनेको अर्को हुँदैन।’

प्रधानमन्त्री ओलीले नेपालमा लगानीकाे वातावरण भएकाेले लगानी गर्नु पर्नेमा जोड दिए।  उनले पछिल्लो समय विवादमा तानिएकी  कलाकार सुरक्षा पन्तकाे पक्षमा समेत बोले। सुरक्षा पन्तको पक्षमा बोल्दै  उनले राजावादी माथि खनिए।

राजावादी प्रति लक्षित गर्दै उनले भने, ‘उनिहरूले १५ गते एउटा आचरण मात्रै  देखाए ,एक जना कलाकारले केही बाेल्दा खेदो गरे। एउटा टेलिभिजन कार्यक्रममा पत्रकारले साेधेकाे प्रश्नको जबाफ दिँदा कलाकार माथि खनिए।’

उनले पुन थपे, ‘ ती कलाकारले कला क्षेत्रमा आउनु भयाे भने जम्छ जस्ताे लाग्छ। गुड लुकिङ भनेका थिइन्।’  यो विवादले उहीँ  पुराना पंचायती व्यवहार सम्झाएको बताउँदै उनले राजा आउने व्यवस्था नरहेको बताए।

प्रकाशित मिति: May 1, 2025

प्रतिक्रिया दिनुहोस्