Logo
२६ बैशाख २०८१, बुधबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२०२० कै पहिलो चन्द्रग्रहण आज ४ घण्टा ८ मिनेट रहने, कुन-कुन राशिलाई शुभ-अशुभ

काठमडौं– सन् २०२० को पहिलो चन्द्रग्रहण आज (शुक्रबार) लाग्दैछ । चार घण्टा आठ मिनेट लामो चन्द्रग्रहण राति १० बजेर ५२ मिनेटमा सुरु हुनेछ भने बिहान ३ बजेसम्म रहनेछ ।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ । ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन् । पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्र ग्रहण लाग्छ ।

सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ । यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ ।

ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ। यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिनु पर्ने ज्योतिषले बताएका छन् ।

यस्तो छ चन्द्र ग्रहणको असर र फल

शुभ फल- कुम्भ, तुला, मीन, कर्कट

मध्यम फल- मेष, कन्या, मिथुन, सिंह

अशुभ फल- मकर, वृश्चिक, वृष, धनु

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्