Logo
२५ बैशाख २०८१, मंगलबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु कला केन्द्रको घोङगी/घुङही प्रतियोगिता तथा माघी गित विमोचनमा थारु कलाकारलाइ सम्मान

प्रदेश एक स्थित सुनसरीको दुहबी स्थित दिनेश स्मृती हलमा थारु कला केन्द्रको आयोजनामा घोङगी/घुङही प्रतियोगिता तथा माघी गित विमोचनमा थारु कलाकारहरुलाइ सम्मान गरिएको छ । शनिवार एक कार्यक्रमकाबिच थारुहरुको पहिचान झल्काउँने माघी गित विमोचनमा एक दर्जन बढी थारु कलाकारहरुलाइ सम्मान गर्नुहुँदै घोङगी÷घुङही प्रतियोगिताका बिजयीहरुलाइ पुरस्कार बितरण गर्नुहुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले यूवाहरु इमान्दार भएर राजनितिमा लाग्नुपर्नेमा जोड दिएका छन ।

मेयर गच्छदारले थारु कला संस्कृतिलाइ लिपिबद्ध गरेर संरक्षण गर्नुपर्ने बताउँदै प्राविधिक शिक्षा मार्फत दुहबीका यूवाहरुलाइ
स्वरोजगारमूलक कार्यमा बृद्धि गराउँने उदेश्य अनुरुप दुहबी नगरपालिका अगि बढिरहेको बताए । घोङगी प्रतियोगितामा प्रथम लक्ष्मण थन्दार, दोश्रो सुची चौधरी र तेश्रो जनक चौधरीलाइ क्रमस २५ सय, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

थारु कला केन्द्रका अध्यक्ष देवकृष्ण बिश्वासको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा सुनसरी–मोरङका थारु अगूवा,
नेता, भाषा विदहरु लगायतले थारु संस्कृति, भेषभुषा, परिकार लाइ जोगाउँन गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउँदैथारु
संस्कृति जर्गेना गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्