Logo
१८ बैशाख २०८१, मंगलबार
(April 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज रामनवमी देशभर पूजा आराधना गर्दै मनाईदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

 मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधाम सहित देशभर रामनवमी मनाइँदै छ ।

चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको भीडभाड छ ।

रामनवमीको अवसरमा जानकी मन्दिरले दिउँसो जन्मआरती बधाई गान र रातिमा समेत बधाई गान हुने सह महन्त रामरोशन दासले बताए ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ । आजको दिन रामको स्मृतिमा हिन्दुधर्मावलम्बीहरुले पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान ध्यान एवं ब्रत बस्ने गर्दछन् ।

भगवान विष्णु सातौं अवतारको रुपमा अयोध्याका राजा दशरथको जेष्ठ पुत्रको रुपमा जन्म लिएका रामको विवाह मिथिलाका राजा जनककी सुपुत्री सीतासँग भएको थियो । संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश तथा आफ्नो पिता दशरथको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएको रामायणमा उल्लेख छ ।

रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धामिर्क ग्रन्थहरुमा उल्लेख छ । रामनवमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । रामनवमीको बिदा मधेश सरकारले क्यालेन्डरमा छुट्याएको थियो ।

प्रकाशित मिति: Apr 17, 2024

प्रतिक्रिया दिनुहोस्