Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा विवादका कारण भएको थियोे रानीदेवीको हत्या : जेठाजु श्रीप्रसाद पजियार पक्राउ

प्रदेश २ स्थित धनुषाको मिथिला नगरपालिका–९ स्थित बडहरीमा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेका जेठाजु पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था घर भएकी अन्दाजी ३८ बर्षिया रानी देवीलाई हत्या गरी फरार भएका उनका जेठाजु अन्दाजी ४२ बर्षिय श्रीप्रसाद पजियारलाई प्रहरीले पक्राउ गरि बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राम कुमार यादवको कमाण्डमा खटेको संयुक्त प्रहरी टोलीले पंजियारलाई खोजतलास गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेल्वे ट्रयाकबाट बुधवार राति करिब ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

आर्थिक लेनदेन र जग्गा विवादको रिसिबीका कारण श्रीप्रसादले बुहारीमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको उपरिक्षक बस्नेतले बताए । बुधवार दिउँसो बडहरीस्थित आपँको बगैचामा श्रीप्रसादले धरिलो हतियार प्रयोग गरी बुहारी रानीको टाउको, नाक र बायाँ हातको तीन वटा औँला काटेर फरार भएका थिए ।

रानी गम्भिर घाईते भई छटपटाई रहेको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि मोडेल अस्पताल लालगढमा पठाएका थिए । उपचारका लागि लैजादै गर्दा रानीसँग सोधपुछको क्रममा आफ्नै जेठाजु श्रीप्रसादले खुकरी प्रहार गरी फरार भएको बयान दिएको उपरिक्षक बस्नेतले बताए ।

मोडेल अस्पतालमा रानीको उपचार सम्भव नभएपछि थप उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ । मृतक रानीको श्रीमान मिश्री पजियार वैदेशिक रोजगारीको क्रममा विगत ३ बर्षदेखि मलेशियामा छन् ।

प्रकाशित मिति: Dec 26, 2019

प्रतिक्रिया दिनुहोस्