Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुनियाँमा निकै चर्चित मोडल एवं गायिका जग्गीको मृत्यु, घरको किचनमा भेटियो शव

टेलिभिजनको दुनियाँमा निकै चर्चित एवं सेलिब्रिटी शेफ जग्गी जोनको निधन भएको छ । उनको शव केरलको राजधानी तिरुवनन्तपुरममा सोमबार बेलुकी ४ बजे उनको घरमा भेटिएको छ ।

जग्गीको शव उनको घरको किचनमा भेटिएको भारतीय संचार माध्यमले बताएका छन् । उनका एक साथी उनको घर जाँदा उनको शव देखेपछि यसको तत्काल जानकारी पुलिसलाई दिएका थिए ।

पुलिसले मृत्युको कारणबारे पत्ता लगाउने कोसिस भइरहेको बताएका छन् । शरीरमा कुनै चिन्ह नभएकोले उनको मृत्यु कसरी भयो भनेर पत्ता लाग्न नसकेको पुलिसले बताए ।

पोष्टमर्टम पछि मात्रै उनको मृत्युको कारण थाहा पाइने बताइएको छ । स्मरण रहोस्, जग्गी जोन चर्चित मलयालम टिभी शो ‘शेफ मास्टर’ की कार्यक्रम प्रस्तोता र निर्णायक थिइन् । यसबाहेक उनी मोडल एवं गायिका पनि थिइन् । जग्गीको जन्म साउदी अरबको जेद्दामा भएको थियो भने उनले इंगल्याण्ड, भारत र अमेरिकामा पढेकी छिन् । उनी आफ्नो आमासँग त्यही घरमा बसिरहेकी थिइन् जहाँ उनको शव भेटिएको थियो ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्