Logo
२ जेष्ठ २०८१, बुधबार
(December 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महान् पर्व क्रिसमसको अवसरमा मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंलबार शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मुलुक संवैधानिकरूपमा धर्म्निरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाई राख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

ख्रीष्टमस पर्वले समेत विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, समाजिक एकता र भातृत्व कामय गर्ने सन्देशमा भनिएको छ ।

प्रकाशित मिति: Dec 25, 2019

प्रतिक्रिया दिनुहोस्