Logo
२४ बैशाख २०८१, सोमबार
(December 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पासवर्ड ह्याक भयाे भने अब ‘गूगल क्राेम’ले सूचना दिन्छ !

‘गूगल क्रोम’ ब्राउजरमा नयाँ सुविधा थपिएको छ । यदि तपाईँको पासवर्ड ह्याक भयो भने ब्राउजरले तपाईँलाई सचेत गराउनेछ । गूगलका कार्यकारी निर्देशक सुन्दर पिचाईले ट्वीट गर्दै नयाँ विशेषताको बारेमा बताएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘यदि तपाईँको प्रयाेगकर्ता नाम र पासवर्ड कम्प्रोपाइज्ड (सहजै अनुमन गर्न सकिने) छ र तपाईँ कुनै बेवसाइटमा जाँदै हुनुहुन्छ भने गूगल क्रोमले तपाईँलाई आग्रह गर्नेछ । यसले प्रयोगकर्ताको अनलाइन सुरक्षामा मद्दत गर्नेछ ।’

कार्यकारी निर्देशक पिचाईका अनुसार ‘रियल टाइम फिशिंग प्रोटेक्सन’मा पनि सुधार गरिदैँछ । कुनै द्वेषपूर्ण साइटमा जाँदा प्रयोगकर्ताले सूचना पाउनेछन् ।

क्रोम सेटिंगमा गएर ‘सिंक अप्सन’ छनोट गर्न सकिन्छ । यद्यपि यो विशेषता ती सबै प्रयोगकर्तालाई जारी गरिएको हो, जसले क्रोममा सेफ ब्राउजिंग प्रोटेक्सनअनुसार साइन इन गरेका छन् ।

गूगलले यो प्रविधिलाई सबैभन्दा पहिले पासवर्ड चेकअप एक्स्टेन्सन (पासवर्ड जाँच विस्तार) को रुपमा सुरु गरेको थियो । अब यही विशेषतालाई विस्तार गर्दै कम्पनीले यसलाई गूगल क्रोमको पासवर्ड प्रोटेक्सनको लागि पेस गरेको हो ।

प्रकाशित मिति: Dec 12, 2019

प्रतिक्रिया दिनुहोस्