Logo
२४ बैशाख २०८१, सोमबार
(October 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लाइफ ड्यामेज’को चर्चा पाएका अघोरी बाबाले गरे लाइफ म्यानेज

काठमाडौं :  ‘लाइफ ड्यामेज’ भन्दै चर्चामा आएका भाइरल बाबाले बिहे गरेका छन् । उनले बिहे गरेको खबर बाहिरिएपछि एकाएक सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ ।

भाइरल बाबाले शुरुशुरुका अन्तर्वार्तामा बिहे नगर्ने बताउँदै आएका थिए । उनले युवतीसँग बिहे गर्नु ‘झण्झट’ भएको भन्दै तर्किँदै आएका थिए ।

एक अन्तर्वार्तामा भने उनले करोडौं पैसा हुने युवती भए बिहे गर्छुृ भनेका थिए । उनले बिहे गरेपछि भने यो प्रेमलाई नारायणी झैँ अविरल बगेको नदीजस्तै भएका बताएका छन् ।

उनले आफूले यसपटक अभागी मान्छे भन्ने गर्थे । अहिले भने आफू संसारकै भाग्यमानी महसूस गरेको पनि बताए ।
भाइरल बाबाका रुपमा परिचित उनी केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा भनेका छन् – अहिलेसम्म लाइफ ड्यामेज थियो, अब भने लाइफ म्यानेज भएको छ ।

भाइरल बाबाले अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘सबैको मौका आउँछ, पर्खिनुपर्छ ।’ उनले ऋषिमुनिले जस्तै आफूले पनि जोडी पाएको भन्दै यो भगवानको ‘उपहार’ का रुपमा लिएँ ।

यता पत्नीले पनि भाइरल बाबाका युट्युबमा अन्तर्वार्ता हेरेर मन पराएको र खोज्दै आफै भेट्न गएको बताइन् । उनले पनि यो जोडीलाई भगवानले दिएको उपहारका रुपमा लिएकी बताइन् ।

यता आफूले बिहे नै नगर्ने भन्दै बसेका भाइरल बाबाले बिहे गरेपछि सामाजिक सञ्जालमा चर्चामा छाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल बाबाले बिहे गरेको भन्दै रमाइलो बनाएका छन् । कतिले बाबाले बिहे गरेर ‘लाइफ म्यानेज’ गरेको लेखेका छन् ।

‘मर्ने बेला हरियो काँक्रो, जे होस् दाम्पत्य जीवन सुखमय होस्,’ एक प्रयोगकर्ताले लेखेका छन् । अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘हजुरहरुको बाँकी जीवन सधै यसरी नै सुखी अनि खुशी रहँदै जाओस्, वैवाहिक जीवनको मंगलमय शुभकामना बाबा ।’

प्रकाशित मिति: Oct 21, 2019

प्रतिक्रिया दिनुहोस्