Logo
२ जेष्ठ २०८१, बुधबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा

बारा प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने ५ जनाको गिरोहलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिकाका-८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका-२ का २० वर्षीय सुरेश मुखिया बिन रहेका छन् । यस्तै बारागढी गाउँपालिका-२ मलाही टोल बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बारागढी गाउँपालिका-२ दौरवा मठबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए ।

पक्राउ परेकाहरुको साथबाट २ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको छ । ON TEST RTR अपाची मोटरसाईकल थान- १ 7538 नम्बर SUPER SPLENDER बरामद भएको हो ।

पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्